धनगढी- कञ्चनपुर क्षेत्र नम्बर २ प्रतिनिधिसभामा निर्वाचित एमाले नेता नरबहादुर धामीको विजयी र्यालीमा हिँडेका कार्यकर्ता चढेको ट्याक्टर पल्टिँदा २५ जना घाइते भएका छन्।
से १ त २३६७ नम्बरको ट्रयाक्टर गुलरिया जाने क्रममा ब्रेक फेल भई कलुवापुर नजिक जंगलमा दुर्घटना भएको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पद्मा अस्पताल अत्तरिया लगिएको छ।
ट्रयाक्टरका चालक भने फरार भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।