कैलाली– कैलालीको २ क्षेत्रमा माओवादीका उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभाको क्षेत्र नम्बर २ मा गौरशंकर चौधरी तथा क्षेत्र नम्बर ४ मा लेखराज भट्ट विजयी भएका हुन्।
चौधरीले कांग्रेसका रामजनम चौधरीलाई पराजित गरे । गौरीशंकरले २४ हजार ८ सय ७९ मत ल्याउदा रामजनमको २० हजार ४ सय ९४ मत आयो ।
त्यस्तै क्षेत्र नम्बर ४ मा भट्टले २७ हजार ५ सय ४२ मत ल्यादा कांग्रेसका सुनिल कुमार भण्डारीले १८ हजार २ सय २ मत मात्र पाए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।