चितवन– चितवन प्रतिनिधिसभा क्षेत्र नं १ बाट एमालेका नेता सुरेन्द्र पाण्डे फराकिलो मतान्तरसहित विजयी भएका छन् ।
पाण्डेले कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४२ मतले पराजित गरेका छन् । पाण्डेले ५० हजार ८ सय ९६ मत प्राप्त गरे बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत ल्याए । पाण्डेले सुरुदेखि नै अग्रता लिएका थिए । २०७० सालमा भएको निर्वाचनमा पनि पाण्डेले बुर्लाकोटीलाई पराजित गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।