काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा)का अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुर, सदस्यद्वय राजेन्द्र महतो र अनिलकुमार झा विजयी भएका छन् । अध्यक्ष मण्डलका अन्य ३ सदस्यले अग्रता लिइरहेका छन्।
ठाकुर महोत्तरी क्षेत्र नम्बर ३ मा २७ हजार ५ मत प्राप्त गरेर विजयी भएका हुन्। ठाकुरले एमालेका विजयकुमार चौधरीलाई पराजित गरेका हुन्। चौधरीले ४ हजार ३ सय १ मत ल्याए।
सदस्य महतोले धुनषा ३ मा नेपाली कांग्रेसका पूर्वमहामन्त्री विमलेन्द्र निधिलाई पराजित गरे। महतोले ३० हजार ७ सय ५० मत ल्याए भने निधिले २७ हजार ८ सय ४७ मत ल्याए।
अध्यक्ष मण्डलका अर्का सदस्य झा रौतहट १ मा विजयी भए। झाले २१ हजार ४ सय ७२ मत ल्याउदै नेपाली कांग्रेसका कृष्णप्रसाद यादवलाई हराएका हुन्। यादवले १५ हजार ८ सय ७४ मतमात्र ल्याए ।
अध्यक्ष मण्डलका सदस्य राजकिसोर यादव अगाडि छन्। राजकिसोर सिराहा क्षेत्र नम्बर ४ मा माओवादीका नेता अजयशंकरनायकलाई पछाडि पार्दै अग्रस्थानमा छन् । यादवले १८ हजार २६ मत ल्याएका छन् भने नायकले १५ हजार ५ सय ७५ मत प्राप्त गरेका छन्।
महेन्द्रराय यादवले पनि हालसम्म मतगणनामा अग्रता लिइरहेका छन्। यादव सर्लाही क्षेत्र नम्बर २ मा १९ हजार १ सय ३८ मत ल्याएका छन् भने प्रतिस्पर्धी नेपाली कांग्रेसका जंगीलाल यादवले १२ हजार ८ सय ४ मत ल्याएर उनलाई पछ्याईरहेका छन् ।
अध्यक्ष मण्डलका अर्का सदस्य शरदसिंह भण्डारीले महोत्तरी २ पनि अग्रता लिइरहेका छन्। भण्डारीले २० हजार ८ सय ४३ मत ल्याएका छन् भने उनलाई नेपाली कांग्रेसका किरण यादवले पछ्याइरहेका छन्। यादवले ८ हजार ४ सय ५२ मत प्राप्त गरेका छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।