सुनसरी– सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता तथा उपप्रधान तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले आफ्ना प्रतिस्पर्धीसँगको दूरी घटाएका छन्।
एमालेकी भगवती चौधरीसँग फराकिलो अन्तरलाई कम गर्दै गच्छदारले ९ सय ७७ मतमा दूरी कायम गरेका छन्। एमालेकी चौधरीको २१ हजार ६ सय ६५ मत रहेको छ भने गच्छदारको २० हजार ६ सय ८८ मत ल्याएका छन्।
अघिल्लो संविधान सभाको निर्वाचनमा थोरै मतले चौधरीलाई पराजित गरेका थिए। यस पटक नेपाली कांग्रेसका तर्फवाट उठेको र चौधरी माओवादी र एमालेको वाम गठवन्धनको साझा उम्मेदवार भएका कारण कडा प्रतिस्पर्धा भईरहेको छ। ४६ हजार ८ सय ६२ मत गन्दा उनी ९ सय मतले पछाडी परेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।