रसुवा- रसुवामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ मतगणना सम्पन्न भएको छ। सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार समानुपातिकमा जिल्लामा सबैभन्दा बढी मत नेकपा एमालेले प्राप्त गरेको छ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा पराजित एमालेले समानुपातिकमा भने पहिलो स्थान हासिल गरेको छ।
समानुपातिकतर्फ २६ हजार ९८ मत खसेको रसुवामा प्रतिनिधि तथा प्रदेशतर्फ २ हजार २ सय ९४ मत पूर्ण रुपमा बदर भएको छ भने ९ सय ८ मत आंशिक बदर भएको सहायक निर्वाचन अधिकृत पौडेलले बताए।
मंसिर १० गते पहिलो चरणमा रसुवामा भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन वटै सिटमा लोकतान्त्रिक गठबन्धनले विजय हासिल गरेको छ।
एमाले
प्रतिनिधिसभा : ७ हजार ८ सय २२
प्रदेशसभा : ६ हजार ९ सय १८
कांग्रेस
प्रतिनिधिसभा : ६ हजार ५ सय ९७
प्रदेशसभा : ४ हजार ७ सय ९६
नयाँ शक्ति
प्रतिनिधिसभात : ५ हजार ४ सय ९१
प्रदेशसभा : ६ हजार १ सय २७
माओवादी केन्द्र
प्रतिनिधिसभा : १ हजार ८ सय २३
प्रदेशसभा : २ हजार १ सय २९
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।