• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

जिल्ला अदालतमा दर्ता हुनुपर्ने फिराद उच्चका न्यायाधीशले फैसला गरेपछि...

अदालतबाटै मुलुकी संहिताको उल्लंघन!
64x64
नेपाल लाइभ मंगलबार, जेठ १४, २०७६  १५:०५
1140x725

काठमाडौं- मुलुकी देवानी कार्यविधि संहिताअनुसार जिल्ला अदालतमा दर्ता भई न्याय निरुपण हुनुपर्ने विवाद सम्बन्धी एक फिरादपत्रमा उच्च अदालतका न्यायाधीशले अग्रसरता देखाउँदै फैसला गरेपछि विवाद सुरु भएको छ। 

मुलुकी देवानी कार्यविधि संहिताको दफा २५ र ९१ ले सार्वजनिक सरोकारको फिरादपत्र जिल्ला अदालतमा दर्ता भई फैसला हुने व्यवस्था छ। मुलुकी संहिताको दफा ९१ मा सार्वजनिक सरोकारका मुद्दामा सार्वजनिक सरोकारको फिरादपत्र जोसुकैले पनि जिल्ला अदालतमा दिन सक्ने उल्लेख छ। दफा २५ मा उक्त अधिकार क्षेत्र जिल्ला अदालतको हुने स्पष्ट व्यवस्था गरिएको छ। 

तर मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ९१ बमोजिम जिल्ला अदालतमा दर्ता हुनुपर्ने (सो संहिताको दफा २५ समेतका आधारमा) फिराद अधिकार क्षेत्र नै नभएको उच्च अदालत विराटनगर, अस्थाई ईजलास ओखलढुंगाले अधिकार क्षेत्र ग्रहण गरी फैसला सुनाएको हो। 

उच्चका न्यायाधीशद्वय शालिग्राम कोईराला र गणेश बरालले सो फिरादमा जेठ १ गते फैसला सुनाएका हुन्। उनीहरुले गरेको फैसलाले न्यायिक मूल्यमान्यता विचलित भएको भन्दै ओखलढुङ्गाको गाउँपालिकाले सर्वोच्चमा न्यायाधीशविरुद्ध रिट हाल्ने तयारी समेत गरेको छ। 

न्याय प्रशासन ऐनअनुसार तल्लो अदालतमा रहेको कुनै मुद्दा झिकाई माथिल्लो अदालतले हेर्न सक्ने व्यवस्था छ। उच्चले उक्त व्यवस्था अनुसार फैसला गर्न सक्ने छ तर मुलुकी संहिता अनुसार स्थानीय तहमा भएको एक विज्ञापन सम्बन्धी विवाद सिधै उच्चमा दर्ता भएकाले शंकास्पद देखिएको हो। 

संविधानको धारा १४५ मा प्रदेश कानुन सम्बन्धी विवाद भएमा र निरुपण गर्न अनिवार्य भएको देखेमा उच्च अदालतले आफ्नो मातहत अदालतभित्रका मुद्दा तथा फिराद झिकाइ फैसला गर्न सक्ने व्यवस्था छ। तर उच्च अदालतको ओखलढुङ्गा इजलासले संविधानको व्यवस्था अनुसार गरेको देखिँदैन। 

गाउँपालिकाले आन्तरिक स्रोतबाट भर्ना गरेका २६ जना कर्मचारीको जागिर उच्च अदालतको फैसलाले गुमाएका थिए। चम्पादेवी गाउँपालिकाले ०७५ असोजदेखि मंसिरसम्म विभिन्न चरणमा विज्ञापन गरेर शिक्षक र प्राविधिक कर्मचारी गरी २६ जना नियुक्त गरेको थियो। 

गाउँपालिकाकाले भर्ना गरेका २० शिक्षक र ६ प्राविधिक कर्मचारीको नियुक्ति बदर गर्न माग गर्दै स्थानीय कमलबहादुर खड्काले गत पुस २० गते रिट दर्ता गरेका थिए। निवेदनको सुनुवाइ गर्दै अदालतले माघ ६ गते काममा नलगाउन र तलब भत्ता नखुवाउन अन्तरिम आदेश दिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उच्च अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र गणेशप्रसाद बरालको संयुक्त इजलासले गाउँपालिकाका बेरितका कामकारबाही बदर हुने निर्णय गरेको हो।

चम्पादेवी गाउँपालिकाले स्थानीय ऐन कानुन निर्माण नगरी कार्यविधि बनाएर कर्मचारी नियुक्ति गरेको थियो। चम्पादेवी गाउँपालिकामा कांग्रेसको बहुमत छ। 

के थियो मुद्दा?
कर्मचारी भर्नाका लागि गाउँपालिकाले निर्माण गरेको कानुन र पदपूर्तिबाट सुरु मुद्दाको सुरुवात भएको देखिन्छ। ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले स्थानीय कानुन बनाउने अधिकार अन्तर्गत एउटा कानुन बनाइयो। शिक्षक र प्राविधिक कर्मचारी करार सेवामा भर्ना गर्न गाउँसभाले कानुन पारित गर्‍यो। अनुदानमा करार शिक्षक र करारमा प्राविधिक नियुक्ति गर्ने विज्ञापन समेत गरेको थियो। विज्ञापनमा सहभागी हुँदै केही प्रतियोगी सफल पनि भएका छन्। 

तर गाउँपालिकाको उक्त निर्णय जिल्ला अदालतमा फिराद दर्ता हुनुपर्नेमा उच्च अदालतको ओखलढुङ्गा इजलासमा पुग्यो। कमल खड्काले गाउँपालिकालाई विपक्षी बनाई मुद्दा दर्ता गर्‍यो। उच्च अदालत विराटनगरको इजलासले सार्वजनिक सरोकारको मुद्दा दायर गर्‍यो। मुलुकी देवानी कार्यविधि संहिता २०७४ दफा ९१ को नम्बर बमोजिम सार्वजनिक सरोकारको दाबी गरियो।

Xtrem

Xtrem

उक्त मुद्दा दर्ता हुनु भन्दा एक दिन अघि २०७५ पुस १९ गते उच्च अदालतवाट मुद्दा दर्ताको अनुमति लियो। भोलिपल्ट रिट दर्ता भयो। पहिलो दिनमै मुद्दा पेश गर्नु पर्नेमा त्यसको उल्लंघन गर्दै भोलिपल्ट दर्ता गरेको दाबी गाउँपालिकाको रहेको छ। ‘ मुलुकी  देवानी कार्यविधि संहिताको दफा २५ र ९१ अनुसार सुरु जिल्ला अदालतमा मात्र दर्ता गर्नु पर्नेमा क्षेत्राधिकार मिचेर उच्च अदालतमा दर्ता गरी फैसला भएको दावी चम्पादेवि गाउँपालिकाको छ।

यसरी क्षेत्राधिकार बाहिर गई मुद्दा ग्रहण गरेर फैसला गरेको भन्दै अदालतको विरोध भएको पहिलो पटक हो। मुलुकी संहिता जारी भएपछि पहिलो पटक यस्तो प्रकरण सार्वजनिक भएको हो।

सामाजिक सञ्जालमा नलेख्न उच्च अदालत बारको विज्ञिप्ति 
मुलुकी संहिताको व्यवस्था विपरीत फैसला भएको भनी सामाजिक सञ्जाल र सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि त्यसको बचाउमा उच्च अदालत बार एशोसियसन उत्रेको छ।

बारका दुई कानुन व्यवसायी टेकबहादुर राई र हर्कबहादुर राईले विज्ञप्ति निकाल्दै अदालतप्रतिको जनआस्था घट्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। 

यस्तो छ बारको विज्ञप्ति

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
बूढीगण्डकीमा बाढीले तीन पालिकामा घर तथा पुलमा क्षति, पाँच गोठाला सम्पर्कविहीन आइतबार, असोज २५, २०८३
पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दशैंको टीका नलगाइदिने आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा पानीको सतह खतराको तहभन्दा माथि, ६ जिल्लाका बासिन्दालाई सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीलाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन संयन्त्र परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकीमा तीन चरणमा बाढी : आरूघाटमा दोस्रो बाढीले खतराको तह पार गर्‍यो, साँझसम्म सतर्क रहन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्