• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यी उम्मेदवार जसले सबैभन्दा बढी मतान्तरले जितेर इतिहास रचे

64x64
नेपाल लाइभ शनिबार, मंसिर २३, २०७४  १८:३१
1140x725

काठमाडौं- प्रतिनिधिसभा निर्वाचनमा दोलखा र रुकुम पश्चिमका उम्मेदवार प्रतिस्पर्धीभन्दा धेरै मतान्तरले विजयी भएका छन्। 

प्रतिनिधिसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएर इतिहास कायम गर्ने उम्मेदवारमा दोलखाका पार्वत गुरुङ हुन्। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का संयुक्त उम्मेदवार गुरुङले प्रतिस्पर्धीभन्दा ३० हजार १५३ मतले विजयी भएर रेकर्ड कायम गरेका हुन्।

यस्तै रुकुम पश्चिममा प्रतिनिधिसभाका उम्मेदवार जनार्दन शर्मा पनि प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर बढी मतले विजयी बनेका छन्। 
दोलखामा गुरुङले ५५ हजार २५४ मत प्राप्त गरेका छन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी कांग्रेसका रुद्रबहादुर खड्कालाई ३० हजार १५३ मतले पछाडि पार्दै विजयको झण्डा फहराएका हुन्। खड्काले २५ हजार ८०१ मत प्राप्त गरेका छन्। 

गुरुङले यो मत सम्भवत बहुदलपछिको निर्वाचनमा विजयी उम्मेदवारले पाएको सर्वाधिक मत हो । यसभन्दा अगाडि पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट गोरखा २ बाट उम्मेदवार बनेका डा बाबुराम भट्टराईले ल्याएका थिए। त्यस्तै यो निर्वाचनमा अहिलेसम्मको परिणामलाई हेर्दा गुरुङ सबैभन्दा बढी मतान्तरसहित विजय हुने उम्मेदवार बनेका छन्।

आफूलाई दोलखाली जनताले अत्याधिक मत दिएर विश्वास गरेको बताउँदै गुरुङले मतको सम्मान गरेर जाने उल्लेख गरे। इतिहास कायम गर्दा कस्तो लागेको छ भन्ने प्रश्नमा नवनिर्वाचित सांसद् गुरुङले भने, ‘यो नेपाली जनताको जित हो । वाम गठबन्धनको जित हो । नेपाली जनताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि खोजेका छन् । त्यसलाई सम्मान गरेर सबैलाई साथमा लिएर जान्छु ।’

त्यस्तै प्रदेशसभा (क) मा वाम गठबन्धनका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता विशाल खड्काले २८ हजार ३५० मत प्राप्त गरी विजयी भएका छन् भने काँग्रेसका बर्मा लामाले १२ हजार ९५६ मत प्राप्त गरेका छन् । यो मतान्तर पनि प्रतिस्पर्धी भन्दा धेरै हो । 

प्रदेशसभा (ख) मा वाम गठबन्धनका उम्मेदवार तथा एमाले पोलिटब्यूरो सदस्य पशुपति चौलागाईँले २३ हजार ३८ मत प्राप्त गरी विजयी भएका छन् भने काँग्रेसका केशव चौलागाईंले १० हजार ८८० मत प्राप्त गरेका छन् । 

रुकुम पश्चिममा शर्माले ३४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार गोपालजी जंग शाहले १५ हजार ६५९ मत प्राप्त गरेका छन्। शर्मा र शाहबीच १८ हजार ७४३ मतान्तर रहेको छ । रुकुम पश्चिममा ५५ हजार ३ सय ८५ मत खसेको ५१ हजार ९१५ मत सदर र ३ हजार ४७० मत बदर भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

रुकुमका जनताले आफूलाई पटकपटक धेरै मतान्तरले विजयी गराएकामा खुसी व्यक्त गर्दै उनले भने, ‘पश्चिम रुकुममा जनताले सधैँ परिवर्तनकारी शक्तिलाई विश्वास गर्दै आएका छन् । यसपटक पनि माओवादी केन्द्र र वाम गठन्धनलाई विश्वास गरे । जनताको यो विश्वासलाई केन्द्रमा राखेर हामी अगाडि बढ्छौँ ।’

यस्तै सिन्धुपाल्चोक क्षेत्र नं १ मा माओवादी केन्द्रका उम्मेदवार अग्नि सापकोटाले पनि प्रतिस्पर्धी भन्दा १० हजार बढी मतान्तरले विजयी भएका छन्। पूर्वसञ्चारमन्त्री समेत रहेका सापकोटाले बहालवाला सञ्चारमन्त्री काँग्रेसका मोहनबहादुर बस्नेतलाई १० हजार ७०६ मत अन्तरले पराजित गरेका हुन्।  

सापकोटाले ४० हजार ५०४ मत पाउँदा बस्नेत २९ हजार ७९८ मत प्राप्त गरेका छन्। उनले आफू र आफ्नो गठबन्धनलाई विजयी गराउने सिन्धुबासी जनताको भावनालाई सधैँ सम्मान गरेर जाने संक्षिप्त प्रतिक्रिया दिए। 

यस्तै धेरै मतान्तरसहित लमजुङ प्रदेशसभा (ख) बाट वामगठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। एमाले सचिवसमेत रहेका गुरुङले २३ हजार १८८ मत ल्याई कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन् । कोइरालाले १५ हजार १२२ मत पाएका छन् । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विसं २०६४ को संविधानसभा चुनावमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए। उनी एमालेको तर्फबाट प्रदेश नं ४ को मुख्यमन्त्रीका दाबेदारसमेत हुन्। 

यस्तै संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपेन्द्र यादवले पनि प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्। अध्यक्ष यादवले माओवादी केन्द्रका उमेश यादवलाई सप्तरी २ बाट पराजित गर्दै प्रतिनिधिसभामा विजयी भएका हुन्। यादवले २१ हजार ६२० मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उमेश यादवले ११ हजार ५८४ मत पाएका छन् । उपेन्द्रलाई नेपाली काँग्रेस, राजपाले समर्थन गरेको थियो । 

यस्तै काठमाडौँ २ मा पूर्वप्रधानमन्त्री तथा एमालेका माधवकुमार नेपाल पनि प्रतिस्पर्धी भन्दा झण्डै ११ हजार मतान्तरले विजयी भए। उनले २५ हजार ६३३ मत ल्याएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी काँग्रेसका दीपकप्रसाद कुईँकेलले १४ हजार २०७ मत प्राप्त गरे।  

यसैगरी धादिङमा पनि वाम गठबन्धनका भूमि त्रिपाठीले ४९ हजार १२१ मतका साथ विजयी भएका छन्। यो मतान्तर दोब्बर बढी हो । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विश्वप्रसाद अर्यालले २१ हजार ९६८ मत ल्याएका छन्। एक लाख १८ हजार १५० मतदाता रहेको क्षेत्र नं १ मा ७९ हजार ४२३ मत खसेको थियो । 

प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेश (क)मा वाम गठबन्धनका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मतसहित विजयी भए। उनी काग्रेसका मधुकुमार श्रेष्ठभन्दा १३ हजार ६८५ मत बढी ल्याएर विजयी भएका हुन्। पैंसठ्ठी हजार ४५८ मतदाता रहेको सो प्रदेशमा ४३ हजार ५६४ मत खसेको थियो । 

यसैगरी सो क्षेत्रको प्रदेशसभा (ख)मा वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का शालिकराम जम्मरकट्टेल २३ हजार ३८२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी काँग्रेसका प्रभातकिरण सुवेदीले १० हजार ४०७ मत ल्याएका छन्। बाउन्न हजार ६९२ मतदाता रहेको सो प्रदेशमा ३५ हजार ८५९ जनाले मतदान गरेका थिए । रासस

प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  १८:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन बुधबार, कात्तिक ११, २०८३
अब नागरिकताको प्रतिलिपि लिन गृहजिल्ला धाउन नपर्ने, उपत्यकाबाटै सेवा लिन सकिने बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? बुधबार, कात्तिक ११, २०८३
उपत्यकामा २४ घण्टामा ६४३ सवारी साधनमाथि कारबाही बुधबार, कात्तिक ११, २०८३
आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रतिघण्टा १५० किमिसम्म हाबाहुरी बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्