गोरखा– गोरखा क्षेत्र नम्बर २ प्रदेशसभा क मा नयाँ शक्ति पार्टीका हरिशरण आचार्य विजयी भएका छन्। उनले १५ हजार ३ सय ४३ मतका साथ वाम गठबन्धनका साझा उम्मेदवार कमला नहर्कीलाई पराजित गरे। नहर्कीले ३ हजार २ सय ७८ मत ल्याइन्।
माओवादीले सुरु गरेको सशस्त्र युद्धमा उनी २०५४ सालदेखि सहभागी भए र गोरखामा पार्टी विस्तारमा राम्रो भूमिका खेले। २०५८ मा तत्कालीन माओवादी निकटको भ्रातृ संगठन अखिल क्रान्तिकारीको कार्यावाहक अध्यक्ष भएर काम गरेका उनी नयाँ शक्ति पार्टी खुलेसँगै गोरखा निर्वाचन क्षेत्र न २ को संयोजक भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।