काभ्रे– काभ्रेको प्रदेशसभामा गणेश लामाले मतको अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार लामाले ६ हजार ७ सय ९३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका चन्द्र लामाले ६ हजार ५ सय ८६ मत ल्याएका छन् ।
अघिल्लो पटक मत सार्वजनिक हुँदा गणेश लामा करिब ५५ मतले अघि रहेकोमा पछिल्लो मतगणनामा उनको मतान्तर थप बढेको हो । अहिले उनी २ सय ७ मतले अगाडि छन् । काभ्रेको क्षेत्र नम्बर १ को प्रदेश ख मा उनी कांग्रेसका उम्मेदवार हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।