गोरखा- प्रतिनिधिसभा क्षेत्र नम्बर २ को रोचक प्रतिस्पर्धामा ५२ हजार ५६५ मत गनिसक्दा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई झन्डै ५ हजारको फराकिलो मतान्तरले अगाडि बढेका छन्। अब ७ हजार ५४४ मत गन्न बाँकी छ। कांग्रेसको साथ पाएर लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका भट्टराईले वाम गठबन्धनका माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठलाई निकै पछि पारेका हुन्।
पछिल्लो अपडेट-
बाबुराम भट्टराई - २७,२२३
नारायणकाजी श्रेष्ठ - २२,३२३
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।