काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका एक नागरिकलाई पक्राउ गरेको छ।
ब्युरोबाट खटिएको टोलीले विभिन्न मुलुकमा नेपाली नाबालकलाई ललाइफकाई विभिन्न प्रलोभनमा पारेर यौन दुराचार गरेको आरोपमा अष्ट्रियाका नागरिक किण्डलर माकुर्सलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
ब्युरोको टोलीले उपत्यका बाहिरबाट यौन शोषणका लागि ल्याइएका एक नाबालकलाई पनि प्रहरीले उद्धार गरेको छ। जबर्जस्ती करणीअन्तर्गत बाल यौन दुराचार अपराधमा अधिकतम १३ वर्ष कैद सजाय तथा पीडितलाई मनासिव माफीको क्षतिपूर्ति भराउने कानुनी व्यवस्था रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।