• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

प्रधानमन्त्री ओलीले यसरी सम्झिए जन्मथलो, सोधे- आँप, कटहर छन् कि छैनन्?

'चुहानडाँडा विमानस्थलका लागि बजेटको चिन्ता नगर्नू'
64x64
नेपाल लाइभ बिहीबार, जेठ ९, २०७६  २२:२५
1140x725

काठमाडौं– प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन्। बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तक्र्रिया हुन्छ।

तर बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो। सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने यस ठाउँमा आज प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे।

चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्न आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो।

त्यहाँ अधिकांश उतै आठराई मै बसोबास गरेकाहरु र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्नेहरु थिए। आठराईमा विमान स्थलका लागि पैसा माग्न आएको समुहका बारेमा पूर्व जानकारी पाएका प्रधानमन्त्री ओली अनौपचारिक पोषाकमा नेकपाका महासचिब विष्णु पौडेलसहित बैठक कक्षमा प्रवेश गरे।

'के छ आठराईको खबर ?' प्रधानमन्त्रीको जिज्ञासा थियो। आगन्तुक सबैले आठराई विमानस्थलका लागि रकम छुट्याउन माग गरे। 'नीति कार्यक्रममा आइसकेको छ। बजेटका लागि चिन्ता नगर्नु' प्रधानमन्त्री ओलीले भने।

त्यसपछि प्रधानमन्त्री ओलीले आफूसँग भएको कलेजी रंगको डायरी पल्टाएर आठराईको एउटा सडकको योजना सुनाए।

सुकेपोखरी-छातेढुंगा-प्रणामी मावि इवा-भदौरे-बिजौरे आधारभुत विद्यालय हुवाकु-निगुरादिन-चोपुर हुँदै हाङपाङ स्कूल-शान्ति आधारभूत विद्यालय मिचिरिङ हुदै दोभान-ठोट्ने हुँदै तेल्लाबुङसम्म सडकका लागि पनि यसपाली रकमको व्यवस्था हुन्छ। 

जन्मस्थान आठराई इवा छोडेको ५८ बर्षपछि पनि आठराईका चोकचोकमा नाम प्रधानमन्त्रीले फटाफट भनेको सुनेपछि आठराईबासीहरुले प्रधानमन्त्रीलाई अहिले पनि उही इवाकै छिमेकीकै रुपमा महसुस गरे।

Ncell 2
Ncell 2
nimb
nimb

चुहानडाँडाँ विमानस्थलमा रकम माग गरिएको कागज लिएर प्रदेशसभा सांसद तेजमान कङ्दङ्वा प्रधानमन्त्री नजिक गए।

तेजमानको हात समाएर प्रधानमन्त्री ओलीले  महासचिव पौडेललाई चिनाउदै भन्नुभयो 'उ मेरो गाउँले भाइ हो। अहिले प्रदेशसभाको सांसद।' प्रधानमन्त्रीले फेरि सम्झिए, 'अर्का तेजबहादुर कङदङ्वा पनि हुनुहुन्छ। वहाँ चाँही विर्तामोडमा हुनहुन्छ। तेजप्रसाद कङदङ्वाचाँही मेरै सामु हुनुहुन्छ।'

प्रधानमन्त्री ओलीले बालसखा चन्द्र कन्दङवाको पनि सम्झना गरे। 'मेरो बाल्यकालको साथी चन्द्र। म भन्दा सिनियर पनि हुन् तर पनि हामी साथी साथी थियौँ। हामीले एकैदिन २०२६ साल फागुन १२ गते नेपाल कम्यूनिष्ट पार्टीको सदस्यता लिएका। अर्का सूर्य कङदङवा त मेरा गुरु नै हुनुभो।'

प्रधानमन्त्रीलाई आठराईबासीले भने, 'हामीलाई खानेपानीको चाँहि अलि समस्या छ।'

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यति भनिसक्दा प्रधानमन्त्रीले आफूले बाल्यकालमा पानी खाने गरेको इवाकै चुच्चेधारो सम्झिए। 'उ बेला चुच्चेधाराको पानी अजुंलीमा थापेर खान कम्ती मजा हुँदैन थियो,' प्रधानमन्त्रीले भने, 'अहिले सुकेर तिर्र....मात्र पानी आउँदो रहेछ। ५ बर्ष अघि आठराई गएको बेला चुच्चे धाराको रवाफ दिंदै श्रीमतीलाई पनि पानी खुवाउन लिएर गएको त पानी सुकिसकेछ। त्यसपछि आँफै हिस्स परियो।' 

पानीको प्रसंगमा प्रधानमन्त्रीले संक्रान्तिको याकुम्बागढी पनि स्मरण गरेका थिए। 'गढी के भएछ त। त्यहाँबाट आरोलो लागेपछि त थुप्रै पानीका मुल थिए पहिला त,' उनले भने।

प्रधानमन्त्रीको यो जिज्ञासा सुनेपछि आठराईबासीले नेपालका गाउँबस्तीमा पानीका मुल सुक्नाका केही गम्भिर कारणहरु एकपछि अर्को गर्दै  प्रधानमन्त्री समक्ष राखे। पूर्वप्रधानअध्यापक आरसी थपलियाले सुरु गर्नुभयो 'जतासुकै मोटरबाटो खनियो। यसले पानीको मुललाई धक्का दियो। मुलहरु अन्तै सरे।'

भीष्म थपलियाले थपे, 'भैंसी पाल्ने चलन हरायो। जसले गर्दा आहाल मासिए। आहाल नभएपछि पानी जम्मा हुन र रसाउन पाएन। पानीका मुल सुके।' टिका उप्रेतीले थप्नुभयो 'पहिला जस्तो साउने झरी पर्न छाड्यो। त्यतीबेला साउने झी हप्तादिनसम्म बिस्तारै बर्सीरहन्थ्यो। त्यसले जमिनको भित्री भागसम्म पानी जान्थ्यो। अहिले दर्र...पानी पर्छ जमिनको सहतमै बगेर सकिन्छ।' 

भीम घिमिरेले अर्को कारण थपे, 'अहिले सानो मुल कतै भेटिए मानिसले सुविधाका लागि पाइप घुसाएर घर मै पानी पुर्‍याउँछन्। जसले गर्दा पानीको प्राकृतिक बहाव मासियो। अनि हामी काकाकुल भयौं।'

 प्रधानमन्त्री ओलीले आठराईमा एउटा फूटबल मैदानको प्रस्ताव गरे। 

'तपाईंहरुसँग छ भने जग्गा दिनुहोस्। हैन भने म जग्गा दिन्छु,' प्रधानमन्त्रीले सम्झिए, 'छन् त चुहानडाँडामा  उप्रेतीटार,थपलीयाटार।'

त्यसपछि प्रधानमन्त्री इवाको भित्रिया र खमारेको बगैंचामा पुगे। 

भित्रिया र खमारेको बगैंचामा खाएका आँप र कटहरको चर्चा प्रधानमन्त्रीले गरे। 'हरेक बर्ष असार २२ गते कटर टिप्ने दिन हुन्थ्यो,' प्रधानमन्त्री ओलीले भन्नुभयो, 'मैले पनि धेरै पटक यहाँका आँप कटहर टिपेको छु। खाएको छु। अहिले छन् कि छैनन् भित्रिया र खमारेमा आँप कटहर?'

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६  २२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ?
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना
सम्बन्धित सामग्री
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ किराँत समुदायले दशैंको टीका बहिष्कार गर्ने अभियान चलाए पनि पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले दशैंमा टीका लगाउन कहि... बिहीबार, कात्तिक ५, २०८३
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
फेसवुककाे माउ कम्पनी मेटालाई डेटा गोपनीयता मुद्दामा २५ अर्ब डलर जरिवाना बिहीबार, कात्तिक ५, २०८३
ग्लोबल गभर्नेन्स् फोरममा सहभागी हुन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन प्रस्थान बिहीबार, कात्तिक ५, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्