सुर्खेत– सुर्खेतको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार पूर्णबहादुर खड्का निरन्तर पछि परिरहेका छन्। छैठौं पटक संसदमा पुग्ने प्रयासमा रहेका पूर्व गृहमन्त्री खड्कालाई एमाले जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीले चुनौती दिइरहेका छन्।
पछिल्लो मतपरिणाम अनुसार शाहीले १६ हजार ६ सय १४ मत प्राप्त गरेका छन्। खड्काले १४ हजार ८ सय ९९ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।