काठमाडौं– काठमाडौं प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १० मा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन्। माओबादी केन्द्रका उम्मेदवारलाई पछि पार्दै बहालवाला खेलकुदमन्त्री केसी निर्वाचित भएका हुन।
निर्वाचित केसीले २४ हजार १ सय ९० मत प्राप्त गरे। माओबादी केन्द्रका हितमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याए। अघिल्लो संविधानसभा निर्वाचनमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हराएर कांग्रेस नेता केसी चर्चामा आएका थिए।
योसँगै काठमाडौंका तीन क्षेत्रमा नेपाली कांग्रेस विजयी भएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा प्रकासमान सिंह र क्षेत्र नम्बर ४ मा गगन थापा विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।