काठमाडौं– पहिलो चरणअन्तर्गत मंसिर १० गते निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लामा समानुपातिकतर्फको समेत मतगणना सुरु भएको छ।
पहिलो चरणमा निर्वाचन भएका हिमाली र उच्च पहाडी जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभाको अन्तिम नतिजा सार्वजनिक भएसँगै समानुपातिकतर्फको गणना सुरु भएको हो। प्रत्यक्षतर्फ नतिजा आएका मनाङ, मुस्ताङ, बाजुरा, बझाङ, दार्चुला, बैतडी, रसुवा, हुम्ला, जुम्ला, रुकुम पूर्व, रुकुम पश्चिम लगायत जिल्लामा समानुपातिकतर्फको मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले प्रत्यक्षतर्फको ४ दिन र समानुपातिकतर्फको ८ दिनभित्र मतगणना सम्पन्न गर्ने लक्ष्य लिएको छ। प्रारम्भिक मतगणना अनुसार वाम गठबन्धनका एमाले र माओवादीले राम्रो नतिजा ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।