नेपालगञ्ज– बाँकेको नेपालगञ्जमा वाम गठबन्धन तथा राप्रपा कांग्रेस गठबन्धनलाई पछि पार्दै संघीय समाजवादी फोरमका इस्तियाक राईले ८ हजार ६ सय ६२ मतका साथ अग्रता लिएका छन्।
जारी मतगणना अनुसार राईलाई राप्रपाका ओमप्रकाश आजादले ४ हजार ६ सय ४५ मतका साथ पछ्याइरहेका छन्। त्यसैगरी प्रदेश २ (१) मा पनि संघीय फोरमकै उम्मेदवार विजय यादव ४ हजार १९ मतसहित अगाडि छन्। यादवलाई कांग्रेसका निरञ्जन सिजापति १ हजार ७ सय ४२ मतका साथ पछ्याइरहेका छन्।
प्रदेश २(२) मा पनि संघीय फोरमकै दुर्गेश गुप्ता ४ हजार ८ सय २ मतसहित अग्रस्थानमा छन् भने कांग्रेसका सुरेन्द्र हमाल ४ हजार ७ सय २२ मत ल्याएका छन्।
बाँके प्रतिनिधिसभा ३ मा एमालेका नन्दलाल रोकायाले ६ हजार ३ सय ८ र कांग्रेसका बादशाह कुर्मीले ४ हजार ४ सय ४७ मत ल्याएका छन्।
त्यसैगरी प्रदेश ३(१) मा माओवादी केन्द्रका आइपी खरेलले १० हजार ७२ र कांग्रेसका चन्तराम थारुले ९ हजार ७ सय १३ मत प्राप्त गरेका छन्।
प्रतिनिधिसभा बाँके क्षेत्र न १ मा माओवादी केन्द्रका महेश्वर गहतराज अथकले ५ हजार ८३ र कांग्रेसका माधवराम खत्रीले ३९१५ मत ल्याएका छन्।
यस्तै, प्रदेशसभा १ (१)मा माओवादीकी कृष्णा केसी ५ हजार २ सय ४४ र कांग्रेसका शरद्चन्द्र बर्मा ३ हजार ८ सय ६१ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।