काभ्रे– काभ्रेको दुवै निर्वाचन क्षेत्रमा बाम गठबन्धनले अग्रसरता लिएको छ । क्षेत्र नम्बर १ को माओवादी केन्द्रका उम्मेदवार गङ्गगाबहादुर तामाङको ४ हजार ६ सय ७२ मत ल्याएका छन्, उनका प्रतिस्पर्धी कांग्रेसका तिर्थ लामाको ४ हजार २ सय ७२ मत ।
क्षेत्र नम्बर २ मा भने एमालेका उम्मेदवार गोकुल बाँस्कोटाले फराकिलो मतअन्तरले अग्रता लिइरहेका छन् । बास्कोटाको ६ हजार ४ सय ४९ मत आएको छ भने कांग्रेसका उम्मेदवार मधु आचार्यको ३ हजार ९ सय २३ मत ल्याएका छन् ।
डन पृष्ठभुमीका गणेश लामा पछि परेका छन् । काभ्रेको क्षत्र नम्बर १ को ख बाट प्रतिस्पर्धामा रहेका यनको २ हजार ८ सय १३ मत छ । उनका प्रतिस्पर्धी एमालेका चन्द्र लामाले ३ हजार ७ सय ५ मतका साथ अग्रता लिइरहेका छन् ।
यस्तो छ काभ्रेको अपडेट–
काभ्रे प्रतिनिधिसभा क्षेत्र १
गङ्गगाबहादुर तामाङ (माओवादी केन्द्र ) –४६७२
तिर्थ लामा नेपाली काग्रेस– ४२७२
काभ्रे प्रतिनिधिसभा २
गोकुल बास्कोटा (एमाले )– वामगठबन्धन ६४४९
मधुप्रसाद आचार्य नेपाली काग्रेस –३९२३
प्रतिनिधिसभा १ अन्तर्गत प्रदेश (क)
रत्न ढकाल (बाम) ४४६१
सि वि लामा (लोक) २५६९
प्रतिनिधिसभा १ अन्तर्गत प्रदेश ख
एमाले चन्द्र लामा ३७०५
गणेश लामा २८१३
प्रतिनिधि सभा २ अन्तर्गत प्रदेश क
बसुन्धारा हुमागाइ एमाले २९२८
कन्चनचन्द्र वादे काग्रेस २३१७
प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा क
लक्ष्मण लम्साल एमाले २९२८
सुन्दरमणि आचार्य काग्रेस १३२२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।