जुम्ला– जुम्ला प्रदेश (क)मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार नरेश भण्डारी फराकिलो मतान्तरले विजयी भएका छन्।
भण्डारीले नेपाली कांग्रेसका राजुसिंह कठायतलाई ४ हजार ४० मतले पराजित गरेका हुन्। भण्डारीले १२ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिष्पर्धी कांग्रेसका कठायतले ८ हजार ५ सय ३४ मत पाए।
नेमकिपाका शिवलाल डाँगीले ९ सय २६ मतसहित तेस्रो भए। प्रदेशसभा (क) मा २३ हजार ६ सय २४ मत खसेकोमा १ हजार ८ मत बदर भएका थिए।
विजयी भएका गोठीचौर गाउँपालिका कुम्डीगाउँका भण्डारीले ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी भएका थिए।
भण्डारीले राजनीतिक यात्रा ०५१ सालवाट तत्कालीन नेकपा एकता केन्द्र निकट अखिल क्रान्तिकारी पुलचोकबाट सुरु गरेका थिए। हाल माओवादी केन्द्रका पोलिब्युरो सदस्य रहेका उनी नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनका केन्द्रीय अध्यक्ष समेत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।