गोरखा- गाेरखा प्रतिनिधिसभा १ को प्रदेशसभामा वाम गठबन्धनले अग्रता कायम राखेका छन्। क्षेत्र १ को प्रदेशसभा (क) मा माओवादी केन्द्रका लेखबहादुर थापाले कांग्रेसका धिरज थापालाई १७ सय २२ मतले पछाडि पारेका छन्।
पछिल्लो गणना अनुसार थापाको ८ हजार ५ सय ६६ मत छ भने कांग्रेसका धिरन थापाको ६ हजार ८ सय ४४ मत छ। यस्तै, गाेरखा १ को प्रदेशसभा (ख) मा नेकपा एमालेका रामशरण बस्नेतले कांग्रेसका राजेन्द्र बजगाईलाई १५ सय ९७ मतले पछाडि पारेका छन्। बस्नेतले ८ हजार १ सय ९ मत ल्याएका छन् भने बजगाईंले ६ हजार ५ सय १२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।