कैलाली– कैलाली क्षेत्र नम्बर १ मा भूमिगत उम्मेदवार तेब्बर मत सहित अगाडि देर्खिका छन्। टीकापुर घटनापछि भूमिगत रेशमलाल चौधरी राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार बनेका छन्। उनले ९ सय ६५ मत प्राप्त गरे।
उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी मदनकुमारी शाहले २ सय २२ मत र कांग्रेसकी ईश्वरी न्यौपाने १ सय ११ मत ल्याएका छन्। टीकापुर घटनापछि भारततिर लुकिरहेका रेशमले अर्कैलाई लगाएर उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।