बाग्लुङ- बाग्लुङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार फराकिलो मतको अन्तरले विजयी भएका छन्।
एमाले उम्मेदवार सूर्य पाठकले बहालवाला सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा कांग्रेस उम्मेदवार चम्पादेवी खड्कालाई १३ हजार ४१ मतको अन्तरले पराजित गरेका हुन्।
पाठकले ३३ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् भने खड्काले २० हजार ६ सय १६ मत ल्याएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।