जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरूलाई आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनु पर्ने बताएका छन्।
एनआइसी एसिया बैंकको जनकपुरस्थित पिराडी चोक शाखाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले बैंकहरूले निक्षेप संकलनका साथै लगानीको क्षेत्र समेत बढाउन सुझाव दिए।
अहिलेको लगानी अनुउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्दै उनले प्रदेश सरकारको प्राथमिकताअनुसार कृषि, रोजगार लागायतको क्षेत्र पहिचान गरी लगानी बढाउनुपर्ने उल्लेख गरे।
मुख्यमन्त्री राउतले सिएसआरको रकमलाई प्रदेश सरकार संग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गर्न समेत आग्रह गरे।
एनआइसी एसिया बैंक पिराडी शाखाका प्रबन्धक जितेन्द्र साहको अध्यक्षतामा भएको उक्त समारोहमा नीति आयोगका सदस्य डा. सुरेन्द्र झा, प्रमुख जिल्ला अधिकारी प्रदीप राज कडेल, बैंकका प्रदेश प्रमुख प्रकाश चन्द्र अधिकारी सहितको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।