काठमाडौं– नेपाल अर्बुद रोग निवारण संस्थाको ३५औं वार्षिकोत्सवको अवसरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ।
संस्था र सूर्यबहादुर थापा प्रतिष्ठानको संयुक्त आयोजना तथा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क शिविर आयोजना हुने भएको हो।
शनिबार बिहान ९ बजे तीनकुनेस्थित ग्रीन क्याफे एन्ड पार्टी भेन्यूमा शिविर सञ्चालन हुने जनाइएको छ।
शिविरमा पाठेघरको पनि परीक्षण गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार, शिविरमा पहिला आएर नाम टिपाउने ७५ जनाको मात्र स्वास्थ्य परीक्षण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।