काठमाडौं- ह्विलचियर एसिया कप टी-१२० क्रिकेट प्रतियोगिता २०१९ को उपाधि पाकिस्तानले जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको फाइनल भिडन्तमा भारतलाई ५ विकेटले हराएर पाकिस्तान च्याम्पियन बनेको हो।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १० रन जोड्यो। भारतका लागि सौरभ मलिकले १ सय ४ रन जोडे। निकुल प्राजपतिले नटआउट ६३ रन जोड्दा विश्वनाथ गौरवले २३ रनको योगदान दिए।
२ सय ११ रनको लक्ष्य पाकिस्तानले ३ बल खेल्न बाँकी छदा ५ विकेटको क्षतिमा पार गर्यो। पाकिस्तानका लागि मोहमद लतिफले नटआउट १ सय ५६ रनको योगदान दिए।
बलिङमा भारतका सौरभ मलिकले २ विकेट लिए। प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र पाकिस्तानले भाग लिएका थिए। आयोजक नेपाल समूह चरणमा तीन खेलमा पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।