काठमाडौं- आगामी १४ जुनदेखि ७ जुलाई सम्म हुने कोपा अमेरिका २०१९ फुटबल प्रतियोगिताका लागि ब्राजिलले राष्ट्रिय टिम घोषणा गरेको छ।
ब्राजिलका प्रशिक्षक टिमले फरवार्ड नेइमारसहित २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका हुन्। आयोजक ब्राजिलको कप्तानको भने टुंगो लागिसकेको छैन।
टिममा स्पेनिस क्लब रियल म्याड्रिडका युवा फरवार्ड भिनिसियस जुनियरलाई समावेश गरिएको छैन। यस्तै टोटनह्यामका फरवार्ड लुकास मोउरा र लिभरपुलका मिडफिल्डर फाबियानो पनि टिममा नपरेका ठूला नाम हुन्।
कोपा अमेरिकामा यसपटक १२ टिमबीच प्रतिस्पर्धा हुँदैछ। एसियाका जापान र कतारलाई आमन्त्रित टिमको रुपमा कोपा अमेरिकामा स्थान दिइएको छ। यी बाहेक १० वटा दक्षिण अमेरिकी टिमबीच प्रतिस्पर्धा हुँदैछ।
समूह 'ए' मा आयोजक ब्राजिलसहित बोलिभिया, भेनेजुएला र पेरु छन्। समूह 'बी' मा अर्जेन्टिना, कोलम्बिया, पाराग्वे र कतार छन्। यसैगरी समूह 'सी' मा उरुग्वे, इक्वेइडर, जापान र चिली छन्। तीन समूहमा शीर्ष २ र उत्कृष्ट तेस्रो हुने २ टिम क्वार्टरफाइनलमा पुग्नेछन्।
४६ औं संस्करणको कोपा अमेरिकाको उद्घाटन खेल १४ जुनमा आयोजक ब्राजिल र बोलिभियाबीच प्रतिस्पर्धा हुनेछ। यसअघि सन् २०१६ मा भएको पछिल्लो संस्करणको विजेता चिली हो। चिलीले फाइनलमा अर्जेन्टिनालाई हराएर लगातार दोस्रो पटक उपाधि जितेको थियो।
ब्राजिलियन टिम
गोलकिपर - एलिन्सन (लिभरपुल), एडर्सन (म्यानचेस्टर सिटी), कासियो(कोरिनथियन्स)
डिफेन्डर- डानी अल्भेस (पिएसजी), फाग्नर (कोरिनथियान्स), एलेक्स सान्दो(युभेन्ट्स), फिलिप लुइस (एट्लेटिको म्याड्रिड), थियागो सिल्भा (पिएसजी), मार्क्युनोस (पिएसजी), मिरान्डा(इन्टर मिलान), इडर मिलिटाओ(एफसी पोर्टो)
मिडफिल्डर- कासेमिरो (रियल म्याड्रिड), फर्डिनान्डो (म्यानचेस्ट सिटी), अर्थर (बार्सिलोना), एलान (नापोली), पाक्युटा (एसी मिलान), फिलिप काउटिन्हो (बार्सिलोना), नेइमार (पिएसजी), एभर्टन (ग्रिमिरो)
फरवार्ड - डेभिड नेरेस (अयाक्स), रिचार्डिलिसन (इभर्टन), रोबर्टो फिर्मिनो (लिभरपुल), गाब्रियल जेसस (म्यानचेस्टर सिटी)
टिममा नपरेका ठूला नाम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।