लुम्बिनी- २५६३औं बुद्ध जयन्तीकाे पूर्वसन्ध्यामा लुम्बिनीस्थित मायादेवी मन्दिरलाई विशेष रुपमा सिँगारिएकाे छ। साँझकाे समयमा मायादेवी मन्दिरमा झिलिमिली बत्ती बालिएकाे छ। जसका कारण दुलही झैं देखिएकाे छ मायादेवी मन्दिर।
साथमा मन्दिरकाे चारैतर्फ गरिएकाे दीप प्रज्ज्वलले थप राैनकता थपिएकाे छ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली मायादेवी मन्दिरमा पुगी साँझकाे समयमा गरिएकाे दीप प्रज्ज्वलन कार्यक्रममा सहभागी भएका छन्। उनले मन्दिर अगाडि विशेष पालामा राखिएकाे दियो बालेका थिए।
भाेलि २५६३औं बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष कार्यक्रमकाे आयाेजना गरिँदैछ। यस अवसरमा प्रदेश ५ सरकारले 'लुम्बिनी भ्रमण वर्ष २०७६' समेत घाेषणा गर्दैछ।
बुद्ध जयन्तिकाे अवसरमा लुम्बिनीकाे भ्रमण गर्न अहिले साे क्षेत्रमा हजाराैंकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटककाे उपस्थित भइसकेकाे बताइएकाे छ। साेही अवसरमा सरकारले लुम्बिनी क्षेत्रलाई विशेष तबरबाट सिँगारेकाे छ।
(सबै तस्बिर : रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।