काठमाडौं— विश्व र्याफ्टिङ च्याम्पियनसिपअन्तर्गत हेड टु हेडमा नेपाल पराजित भएको छ।
अस्ट्रेलियाको क्विन्सल्यन्डमा भइरहको प्रतिस्पर्धाको हेड टु हेडमा नेपाललाई चीनले पराजित गर्यो। नेपालले ९८.९१ सेकन्ड लगाउदा चीनले ९०.७९ अंकमा दूरी पार गर्यो। शुक्रबार नेपाललाई पराजित गरेको चीन अन्तिम आठमा पुगेको छ।
नेपाल टिममा कप्तान सुरज गुरुङ, शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ, रविल मियाँ र वैकल्पिक खेलाडी सुनिल गुरुङ थिए।
.png)
यसअघि बिहीबार स्प्रिन्ट विधामा नेपाल पाँचौ भएको थियो। नेपालले २४७.७८ सेकेन्डको समय निकाल्दै पाँचौ स्थान हात पारेको थियो। ब्राजिल २४२.५२ सेकेन्डका साथ पहिलो भएको थियो। ब्राजिलसँग ०.९७ सेकेन्डले पछि परेको जापान दोस्रो भयो। रसिया २४३.९९ सेकेन्डका तेस्रो र न्युजिल्यान्ड २४६.६७ सेकेन्डसाथ चौथो भयो। स्प्रिन्टमा नेपालभन्दा पछि आयोजक अस्ट्रेलिया, इन्डोनेसिया, जर्मनी, चेक गणतन्त्र, कोस्टारिका, क्यानडा, अमेरिका, चीन, नर्वे, रोमानिया र कोलम्बिया रहे।
अब नेपालले ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नेछ। नेपालले शनिबार स्लालम र आइतबार डाउन रिभर रेसमा सहभागिता जनाउनेछ।
नेपालले विश्व च्याम्पियनसिपमा दोस्रो पटक सहभागिता जनाएको हो। यसअघि २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो।
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।