काठमाडौं– दोस्रो इन्डियन खुला महिला तथा पुरुष अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागि जनाउन नेपाली टिम शुक्रबार भारतको गुवाहटीतर्फ प्रस्थान गरेको छ।
भारतको गुवाहटीमा मे १९ देखि २५ सम्म सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ५१ केजी तौल समूहमा एपिएफकी माला राई, ५४ केजीमा आर्मीकी मिनु गुरुङ, ५७ केजीमा आर्मीकै चन्द्रकुमारी थापा, ६० केजीमा एपसएफकी संगिता सुनार र ६४ केजीमा आर्मीकी पुनम रावलले नेपालको प्रतिनिधित्व गदै प्रतिस्पर्धामा गर्नेछन्।
पहिलो संस्करणमा महिलातर्फ नेपालले २ कास्य ल्याएको थियो। नेपाल आर्मीका खेलाडीद्धय बिमला श्रेष्ठ र पुनम रावलले २४ राष्ट्रका खेलाडी सहभागिता जनाएको खेलमा नेपाललाई महत्वपूर्ण २ कास्य दिलाएका थिए।
पुरूषतर्फ ५२ केजीमा आर्मीका तेजवहादुर देउवा, ५६ केजीमा झापाका सुरेन्द्र राई, ६० केजीमा एपीएफका प्रकाश लिम्बु ईजम, ६४ केजीमा पुलिसका भुपेन्द्र थापा, ६९ केजीमा एपीएफका विकास लामा र ९१ केजी माथीको तौल समूहमा आर्मीका आषिस दवाडीले नेपालको प्रतिनिधित्व गदै प्रतिस्पर्धा गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।