काठमाडौं- संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयकको विरोधमा आज पत्रकारहरुले नयाँ बानेश्वरमा प्रदर्शन गरेका छन्।
पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज पत्रकारहरुले आफ्ना सञ्चार साधनसहित प्रदर्शन गरेका हुन्। विधेयकका केही प्रावधानले स्वतन्त्र प्रेसको अभ्यासलाई नियन्त्रण गर्ने ठहर गर्दै नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलित छ। महासंघले सञ्चारसम्बद्ध संघसंगठन र सरोकारवाला पक्षसँग छलफलसमेत गरिसकेको छ।
काठमाडौंबाहिर पनि आज जिल्ला सदरमुकाममा सञ्चार साधनसहित प्रदर्शन भएका छन्।
पहिलो चरणको आन्दोलन सुरु भएको एक हप्तासम्म पनि सरकारले कुनै धारणा सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।