तस्बिर : राजु घिसिङ।
काठमाडौं– विश्व र्याफ्टिङ च्याम्पियनसिपको स्प्रिन्टमा नेपाल पाँचौ भएको छ। अष्ट्रेलियाको क्विन्सल्यान्ड बिहीबार भएको प्रतिस्पर्धामा नेपाल ८२ अंकसहित पाँचौ भएको हो।
प्रतिस्पर्धामा ब्राजिल पहिलो भएको छ। जापान दोस्रो हुँदा रसियाले तेस्रो स्थानमा हा पार्यो। चौथोम स्थानमा न्युजिल्यान्ड रह्यो। नेपाल भन्दा पछि आयोजक अस्ट्रेलिया भयो।
नेपाली टिममा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँ थिए। प्रशिक्षकमा सुरज गुरुङ रहेका छन्।
अब नेपालले ३५० मिटरको हेड टु हेडमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ। यस्तै ४५० मिटरको स्लालम र २१–२५ मिटरको डाउन रिभर रेसमा प्रतिस्पर्धा गर्नेछ। नेपालले शनिबार स्लालम र आइतबार डाउन रिभर रेसमा सहभागिता जनाउनेछ।
नेपालले विश्व च्याम्पियनसिपमा दोस्रो पटक सहभागिता जनाएको हो। यसअघि २०१७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा नेपालले पहिलोपटक सहभागिता जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।