आम्स्टर्डम– अयाक्सले डच लिगको उपाधि जितेको छ। लिगको अन्तिम दिन डे ग्राफस्चापलाज्ञ ४–१ ले हराएर अयाक्सले उपाधि जितेको हो।
अयाक्सका लागि अन्तिम दिन बराबरीले पनि उपाधि जित्न काफि हुने थियो। अयाक्सले ३४ खेलबा६ ८६ अंक जोडेर उपाधि जित्यो। दोस्रो स्थानको पिएसभीले ८३ अंक बटुल्यो।
युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल पुगेर सनसनी मच्चाएको अयाक्सले यसअघि डच कपको पनि उपाधि जितेको थियो।
च्याम्पियन्स लिगमा अयाक्स सेमिफाइनलमा इंग्लिस क्लब टोटनह्यामसँग पराजित भएको थियो। त्यसअघि अयाक्सले क्वार्टरफाइनलमा युभेन्ट्स र अन्तिम १६ मा रियल म्याड्रिडलाई हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।