डब्लिन– त्रिकोणात्मक एकदिवसीय सिरिजमा बंगलादेशले आयरल्यान्डमाथि ६ विकेटको जित हात पारेको छ।
डब्लिनमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टिमले ८ विकेटको क्षतिमा २ सय ९२ रन जोड्यो। उसका लागि पाउल स्टर्लिङले १ सय ३० रन जोडे। विलियम पोटरफिल्डले ९४ रन जोडेपछि घरेलु टिमको इनिङले गति लियो। बलिङमा बंगलादेशका अबु जायेदले ५ विकेट लिए भने मोमद साइफुद्दिनले २ विकेट हात पारे।
२ सय ९३ रनको लक्ष्य बंगलादेशले ४३ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो। उसका लागि तमिम एकबालले ५७ रन र लिन्टन दासले ७६ रनको योगदान दिए। सकिब अल हसनले ५० रन दिँदा मुस्फिकर रहिम र मोहमुल्लाहले ३५–३५ रनको योगदान दिए।
सिरिजको फाइनलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुने यसअघि नै तय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।