सप्तरी, २३ भदौ । पूर्व प्रधानसेनापति रुक्मांगत कटवालद्वारा सञ्चालित ‘शिरीषको फूल’ नामक सामाजिक संस्थाले त्रिपालमा बसेका बाढीबाट प्रभावित सप्तरीको मैनाकडेरीका बाढीपीडितलाई चार दिनसम्म सामूहिक भोजन गराएको छ ।
चार दिनदेखि दैनिक रुपमा आयोजना गरिएको सामूहिक भोजन कार्यक्रममा मैनाकडेरीका ५ सय जनालाई बेलुकाको खाना खुवाइएको सो संस्थाले जनाएको छ ।
गत असार र साउनको अन्तिम साता वर्षासँगै आएको भीषण बाढी र पहिरोका कारण त्यहाँका ५ सय घरपरिवार डुबानमा परेका थिए भने २ सय परिवार विस्थापित भएका थिए । सो क्षेत्रमा पुनः बाढी आउने डरले एक महिनादेखि त्यहाँका बासिन्दा पालमुनि बस्दै आएका छन् । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।