नयाँ दल्ली- बलिउडकी 'हट' अभिनेत्री माधुरी दीक्षित बुधबारबाट ५२ वर्षमा प्रवेश गरेकी छन्।
रुप हेर्दा उनको उमेरबारे अनुमान लगाउन कठिन छ।
अभिनय र डान्स हेर्नमात्र हैन आवाज सुन्न र एक झलक पाउनका निम्ति उनका फ्यानहरू उत्तिकै तड्पन्छन्।
माधुरीको पेसागत र व्यक्तिगत जीवनमा धेरै उत्तारचढाव आए। जसबाट उनी बलिउडमा चर्चाको विषय बनिन्।
अफेयरको हल्ला
फिल्म 'खलनायक' र 'साजन'मा सुपरस्टार सञ्जय दत्त र माधुरीले एक साथ अभिनय गरे।
दुवै फिल्म सुपरहिट भए। फिल्म रिलिजपछि दुवै जना रिलेसनमा रहेको चर्चा भयो।

लगत्तै अर्को हल्ला पनि चल्यो, यस 'रिलेसन'बाट माधुरीको बाबा खुसी छैनन्। किनकि, सञ्जयले बिहे गरिसकेका थिए।
माधुरी र सञ्जय केही समयपछि अगल भए। तर, दुवैको प्रेम सम्बन्धको हल्लाले लामो समयसम्म बलिउड तातिरह्यो।
यी दुई एक्टरको अफेयर भूल्न माधुरीका फ्यानहरूलाई धेरै समय लागेन।
किनकि, यो बीचमा अर्को ट्विस्ट आयो। माधुरीको अनिल कपुरसँग प्रेम सम्बन्ध चलिरहेका समाचार आए।

अनिल र माधुरीले 'तेजाब', 'राम लखन' र 'बेटा' फिल्ममा सँगै अभिनय गरे। फिल्मको सफलतासँगै उनीहरूबीचको सम्बन्धबारे निकै चर्चा भए।
यद्यपि, उनीहरूबीचको सम्बन्धबारे कति सच्चाइ थियो यसबारे कुनै प्रमाण छैन।
किस सिनले तताएको बलिउड
माधुरीले दिएको एउटा सिनको चर्चा आजसम्म पनि रहने गरेको छ। फिल्ममा उनले किस सिन दिनुपर्दथ्यो।
यस सिनमा माधुरीकासाथ थिए उनीभन्दा २० वर्ष जेठा विनोद खन्ना।
फिल्म 'दयावान'मा विनोद खन्ना र माधुरीको किस सिनलाई लिएर विभिन्न टिकाटिप्पणी समेत भए।
एक अन्तरवार्तामा स्वयम् माधुरीले भनेकी थिइन्, उनले यस सिनमा काम गर्नु नहुने थियो।
माधुरीको जन्मदिनमा सार्वजनिक बिदा माग्दै निवेदन
माधुरी निकै पटक हेडलाइनको विषय बनिन्। जबकि उनले फिल्म नै नखेल्दा पनि पटक पटक चर्चामा आइन्।
जमशेदपुरमा उनका एक शुभचिन्तकले यस्तो क्यालेन्डर लन्च गरेका थिए कि जसमा वर्षको सुरुवात नै माधुरीको जन्मदिनबाट थियो।
जमशेदपुरको पप्पू सरदारले हरेक वर्ष माधुरीको जन्मदिनमा सार्वजनिक बिदा दिन अदालतमा निवेदन पेस गरेका थिए।
माधुरीको फ्यान लिस्टमा प्रसिद्ध चित्रकार एमएफ हुसेन पनि छन्।

एक रिपोर्टअनुसार माधुरीबाट यति आकर्षित थिए कि उनले माधुरी अभिनित फिल्म ' हम आपके हैं कौन '६७ पटक हेरेका थिए।
यतिमात्र हैन जब माधुरी बिहे र बच्चा जन्माएपछि फिल्ममा फर्किइन् तब उनको फिल्म 'आजा नाचले' हेर्नका लागि हुसेनले पूरै थिएटर बुक गरेका थिए।
-हिन्दी डट न्युजमा प्रकाशित सामग्रीबाट तयार पारिएको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।