सिड्नीमा नेपाली फेशन शो, विजेताले २ लाख रुपैयाँ पाउने

नेपाल लाइभ | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 १७:०३:०० मा प्रकाशित

काठमाडौं– नेपाली फेशनको प्रवद्र्धनको उद्देश्यले सिड्नीमा फेशन शो प्रतियोगिता हुने भएको छ। आगामी जुन १ मा सिड्नीस्थित होटल सोफिटेलमा आयोजना हुने प्रतियोगितामा २० जना महिला र १० जना पुरुषबीच प्रतिस्पर्धा हुने आयोजनक डिजिटिल जेनेरेशनका निर्देशक दीपक ज्ञवालीले बताए।

प्रतिस्पर्धीबाट उत्कृष्ट महिला तथा पुरुष प्रतियोगीले जनही दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्। ग्ल्याम नेपाल इन्टरनेशनल टाइटल दिइएको प्रतियोगितामा पिपल्स च्वाइस अवार्ड विधा समेत रहेको छ। ती उपाधी हात पार्नेले विभिन्न फेशन सोमा सिधै प्रतिस्पर्धा गर्न पाउने अवसर पाउनेछन्। यस्तै विजेता महिलाले फिलिपन्समा यही वर्ष हुने फेस अफ व्युटी इन्टरनेशनलमा सहभागिता जनाउन पाउने आयोजकको भनाई छ।

नेपालको फेशनलाई अन्तराष्ट्रिय मञ्चमा चिनाउन फेशन शोको आयोजना गरिएको ग्ल्याम नेपाल इन्टरनेशनलका सद्धभावना दुत सुनोद श्रेष्ठले बताए।‘ फेशनमा महिला र पुरुष दुबैलाई समान अवसर प्रदान गर्दै नेपाली फेशनलाई अन्तराष्ट्रिय मञ्चमा समेत चिनाउने प्रयास हामीले जारी राखेका हौँ,’ श्रेष्ठले भने।

प्रतियोगितामा निर्णायकको भूमिकामा मनिष राई, मुक्ला श्रेष्ठ, युबी थापा, सबिता कार्की र नीति शाह रहनेछन्।