काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपाल आइडल विरुद्धको रिट खारेज गरेको छ।
भोटिङ सम्बन्धमा विवाद आएपछि अदालतले भोट गन्ने कार्य शुक्रबारसम्मका लागि स्थगित गर्न यसअघि अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशसँगै नेपाल आइडलको आयोजकलाई भोट गनेर प्रतिस्पर्धी छान्ने बाटो खुलेको छ।
नेपाल आइडलमा चार जना प्रतिस्पर्धीमध्ये तीन जनाको छनोट गर्नुपर्नेमा उक्त कार्य नगरेको र सर्वसाधारणबाट संकलित भोट समेत सार्वजनिक नगरेको भन्दै अधिवक्ता ज्ञानमणि न्यौपानेले मंगलबार रिट हालेका थिए।
दुवै पक्षको छलफलपछि नेपाल आइडलको आयोजकले यसअघि नै प्राप्त भएको मतको आधारमा प्रतिस्पर्धीको नतिजा सार्वजनिक हुने जानकारी इजलासलाई गराएपछि अन्तरिक आदेश खारेज भएको हो ।
नेपाल आइडलले गत साताको कार्यक्रममा चार प्रतिस्पर्धीमध्ये एक जना आउट गर्ने जनाए पनि कसैलाई आउट नगरी फेरि भोटिङका लागि आह्वान गर्ने घोषणा गरेको थियो । सो क्रममा दर्शकले दिएको भोट लुकाई ठगी गरिएको भन्दै सर्वसाधारणबाट समेत विरोध भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।