गोरखा- गोरखा सदरमुकामको बजार क्षेत्रमा मदिरा बिक्रीवितरणमा रोक लगाइएको छ।
मदिरा पिउने व्यक्तिहरु मतगणनास्थलमा आई होहल्ला गर्न सक्ने अनुमान गरी जिल्ला सुरक्षा समिति गोरखाले मदिरामा बन्देज लगाएको हो।
सुरक्षा चुनौती बढ्ने भन्दै बजार क्षेत्रमा मदिरा निषेध गरिएको हो। आज बेलुका ५ बजेपछि मतगणना सम्पन्न नहुँदासम्म यो निर्णय कायम रहने समितिले जनाएको छ। अर्को सूचना नभएसम्म मदिराजन्य पदार्थ उत्पादन, बिक्रीवितरण र उपभोग गर्न बन्देज गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।