काठमाडौं– भक्तपुरको बालकोटमा स्थानीयमाथि आक्रमण गर्ने केही शंकास्पद व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका ५ बालकोट रोज भिलेज क्षेत्रमा आज बिहान केही युवा आएर स्थानीयमाथि आक्रमण गरेका थिए। घटनामा संलग्न केही शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको भक्तपुरकी एसपी किरण रानाले बताइन्।
केही अज्ञात व्यक्तिले स्थानीयहरुको घरमा ढुंगा हानेपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ। भक्तपुर प्रहरीका अनुसार, ८/९ वटा घरमा ढुंगाले लागेको छ।
घरमा ढुंगा हानिएपछि स्थानीयहरु प्रतिकारमा उत्रिएका थिए। वाम गठबन्धनका कार्यकर्ताले ढुंगा हानेको स्थानीयहरुको आरोप छ। बालकोट रोज भिलेज कांग्रेसको पकड क्षेत्र मनिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।