काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष भाषा आयोगले आफ्नो संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेको छ।
आयोगका अध्यक्ष डा लवदेव अवस्थीले एक वर्षमा गरिएको मूलभूत कामको समीक्षासहित आज प्रधानमन्त्री देउवाको सरकारी निवास बालुवाटारमा संक्षिप्त प्रतिवेदन प्रस्तुत गरेका हुन्।
प्रतिवेदनमा संविधान संवत् हिसाबले भाषाको कार्यान्वयन हुनुपर्ने, सरकारी कामकाजको भाषाबारे स्पष्ट धारणा आउनुपर्ने, भाषाको संरक्षण र विकास, भाषको लिपि, शब्दकोष, व्याकरण, मातृ भाषाको प्रयोग विस्तार र भाषाको अध्ययन अनुसन्धानलाई अत्यन्त महत्वका साथ उठाइएको छ।
'१२३ वटा भाषामध्ये धेरै भाषा लोप हुने अवस्थामा पुगेका छन्, त्यसमा सरकारले तत्काल ध्यान पुर्यााउनुपर्ने लगायतका विषयलाई प्रतिवेदनमा उल्लेख गरिएको छ,' अध्यक्ष अवस्थीले भने।
सो अवसरमा प्रधानमन्त्री देउवाले भाषा आयोगलाई चाँडो पूर्णता दिइने बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।