• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

उत्तरदानमा हामीले दलाल अर्थतन्त्र पायौं

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३०, २०७६  १५:०५
1140x725

हामीले लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। यसको आधार भनेको आर्थिक जीवन हो। त्यो कति राम्रो बनाउन सक्छौं भन्ने कुरा हामीले हाम्रो बजेटमार्फत पेस गर्छौं। 

हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं। यस्ता लोकतन्त्रहरुको लामो इतिहास छ। यसको अस्थिरताको पनि लामो इतिहास छ। त्यसको जगमा आर्थिक कारणहरु छन्। गएको ७० वर्षको विकासको इतिहास हेर्दा, मूलतः पश्चिमले पूर्वलाई र उत्तरले दक्षिणलाई बजार बनाउनका लागि विकासको कुरा सुरु भएको थियो। र, त्यसले आफ्नो बजार विस्तार गर्न चाहन्थ्यो। तर, नवस्वाधीन मुलुकहरुसँग बजारलाई थेग्ने उत्पादन थिएन। जसले गर्दा सस्तो श्रम, कच्चा पदार्थ र प्राकृतिक स्रोत तथा साधनहरुले गर्दा त्यो थेग्नुपर्थ्यो। बजारलाई केही पूर्वाधारहरु पनि चाहिन्थ्यो र त्यो आफैंले बनाउनुपर्थ्यो। पूर्वाधार थेग्नका लागि उनीहरुले ऋण लिनुपर्थ्यो। त्यसपछि उनीहरु चपेटामा पर्दै गए। त्यो सत्ता थाम्नका लागि अब राजनीति र अर्थतन्त्र एकै ठाउँमा मिल्दै गए। यसरी दलाल अर्थतन्त्रहरु सिर्जना हुँदै गए।

ती दलाल अर्थतन्त्रहरुले समस्या समाधान नगरेपछि तिनको विरुद्धमा जनता उठे। जनता जति उठ्दै गए, दलाल अर्थतन्त्रको रक्षाका लागि सत्ताहरु फासिस्ट हुँदै गए। हाम्रा पछिल्ला मुलुकहरुको इतिहास यस्तै हो।

आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं र हामीलाई जनताले लोकप्रिय मतद्वारा हामीलाई जिताएर पठाएका छन्। यसर्थ, हामीलाई असफल हुने छुट छैन भन्ने कुरा नारा मात्रै होइन। यो लोकप्रिय जनमत असफल हुँदा यसलाई थाम्ने, बेहोर्ने र खालि ठाउँ पूर्ति गर्ने अर्को शक्ति छैन। हामी अनिवार्य रुपले अर्को लोकप्रिय वा अर्को कुनै नामको दक्षिणपन्थी जान्छौं। यो खतरा हाम्रो टाउकोमा पनि मडारिइरहेको छ, जसरी गएको ७० वर्षमा तेस्रो विश्वका मुलुकहरुमा मडारियो।

हामीले यो सन्दर्भ राखेरै बजेट निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ।

बजेट निर्माण गर्दा संविधानलाई नै सिद्धान्त बनाउने हो। तर, स्वयं त्यो सिद्धान्त वा संविधानको आधार के हो? त्यसले किन समाजवादको कुरा गर्‍यो? यसतर्फ हाम्रो कम छलफल भएको छ। तर एउटा खुसीको कुरा के हो भने, अहिलेको अर्थतन्त्रको मूल स्वरुप दलाल अर्थतन्त्र हो भन्ने बारेमा बौद्धिकहरु र राजनीतिक पार्टीमा करिबकरिब सहमति भएको देखिन्छ।

हाम्रो व्यापारघाटा किन छ? पैसै नभएर त होइन रहेछ नि। हामी एक खर्ब बेच्छौं तर १२ खर्ब किन्न सक्छौं। यसको अर्थ हामीसँग पैसा नभएर होइन। त्यो पैसाले हाम्रो गर्नुपर्ने काम नै गरिरहेको छैन। त्यसले राष्ट्रिय काम गरिरहेको छैन। त्यसले राष्ट्रिय पुँजीको निर्माण गरिहेको छैन। 

पाँच लाख हाम्रा सन्तानहरुलाई वयस्क बनाउँछौं। चार लाखलाई बाहिर पठाउँछौं। एक लाख प्लेनको टिकट नपाएर वा केही भएर यहाँ बस्छन्।

nimb
nimb
Ncell 2
Ncell 2

एउटै घटनालाई लिएर, अलि ठूलो तथ्यांकलाई लिएर बस्नुभयो भने यो अर्थतन्त्रको, जुन हिजो हामीले राजाबाट लियौं, प्रजातान्त्रिक इतिहासबाट लियौं, यो उत्तरदान हामीले लिएका छौं। दलाल अर्थतन्त्र उत्तरदानमा हामीले पाएका छौं। 

प्राथमिकताको हिसाबले हेर्दा र मान्छेलाई प्राथमिक बनाउने हो भने हाम्रो बजेटले ती सीमान्त श्रमजीवीलाई सबैभन्दा बढी ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ। यसलाई हेर्ने भनेको के हो? त्यसलाई रोजगारी दिने हो।

यसर्थ, हाम्रो बजेटको सिद्धान्त यसका आधारमा बनिनुपर्छ। यसको अर्थ के हो भने हामी समाजवादमा जाने भनेको यो दलाल अर्थतन्त्रलाई रुपान्तरण गर्ने हो। मूलतः दलाल अर्थतन्त्रको ठाउँमा हामले राष्ट्रिय पुँजी विकास गर्दै समाजवादतर्फ जाने नै हाम्रो अर्थतन्त्रको बाटो हो भन्ने कुरा यसमा (विनियोजन विधेयक २०७६) यत्रतत्र लेखिएका छन्, तसर्थ मैले यसलाई समर्थन गरेको हुँ।

खासगरी दलाल अर्थतन्त्रको बारेमा हामी राम्ररी सचेत हुन सकेनौं भने हाम्रा जस्ता सत्ताहरु, जुन फासिस्ट सत्तामा परिणत भए, त्यस्तो खतराबाट हामी बच्नुपर्छ। नत्र त्यही बाटो हिँडेर हामीले पुग्ने ठाउँ त्यही नै हुन्छ। तसर्थ, बजेटको सिद्धान्तको कुरा गर्दा हामीले त्यसमा ध्यान दिनुपर्छ भन्ने लाग्छ।

जसरी बजेटको सिद्धान्तको कुरा गर्दा यसको सामाजिक स्वरुप र अर्थराजनीतिक स्वरुपलाई ध्यान दिन्छौं, त्यसैगरी बजेटको प्राथमिकताको कुरा गर्दा यहाँ धेरै कुरा आयो। यहाँ करको कुरा आयो, पूर्वाधारको कुरा आयो, सामाजिक विकासको कुरा आयो। अझै मान्छेकै कुरा आउनुपर्छ भन्ने लाग्छ। यसको अर्थ के हो भने, मार्क्सवादी आँखाबाट हेर्दा,  हाम्रो दलाल अर्थतन्त्रले हाम्रो समाजमा कस्ता वर्गहरु बनाएको छ भनेर हेर्नुपर्छ।

यसरी हेर्दा म पाँचवटा वर्ग देख्छु। पहिलो, दलाल पुँजीपति वर्ग नै हो। यो वर्ग बिजनेस वा उद्योगमा देखिन सक्छ। तर मूलतः खानी, खोला, भन्सार, न्याय कानुन, अदालत, राजनीतिक पार्टीहरु कब्जा गर्छ र सार्वजनिक सम्पत्ति र राष्ट्रको दोहन गर्छ। यो निरन्तर माथि हुन्छ। सबभन्दा शक्तिशाली हुन्छ। सबैतिर सर्वव्यापी जस्तो देखिन्छ।

दोस्रो, राष्ट्रिय पुँजीपति हो। पुँजीपति यस अर्थमा हो कि यो नाफामा बाँच्छ। राष्ट्रिय यस अर्थमा हो कि यसले रोजगारी दिन्छ। यो अलि दुःखी हुन्छ। करको हाकिमलाई बुझाउनुपर्छ। पार्टीलाई चन्दा दिनुपर्ने छ। के के गर्नुपर्ने छ। जेनतेन बाँचेको वर्ग हो। यसअर्थमा यो प्रगतिशील हो कि यसले कर तिर्छ र रोजगारी दिन्छ।

अर्को, मध्यम वर्ग हो। यो आफैं पनि काम गर्छ, अरुलाई पनि काम गराउँछ। दुवै खालको नाफामा यो बाँचिरहेको हुन्छ। 

त्यस बाहेकको श्रमिक हो। त्यो श्रमिक, जो संगठित क्षेत्रमा छ। काम गर्ने वा बाँच्नेसम्मको आधार छ। जेनतेन बाँचिरहेको छ। आफ्नो अस्तित्वको लागि समस्या छैन। तर राम्ररी बाँच्न पाएको छैन। त्यसले गर्दा ऊ संघर्षरत छ। 

त्यस बाहेकको वर्ग भनेको सीमान्त श्रमजीवी हो। त्यो सीमान्त ठाउँमा छ। संगठित ठाउँमा छैन। जागिर पाउँदैन। सम्पत्तिका नाममा दुईचार कान्ला खेत छ। त्यसमा टाँसिएर बसेको छ। त्यो छोड्न सक्दैन।

जहाँसम्म परम्परागत कृषि श्रमलाई उद्यममा ल्याइँदैन, त्यो पुँजी दलाल हुन्छ। राष्ट्रिय हुने भनेर हामीले खुब भनिरहेका छौं त्यो भनेको के हो? त्यो भनेको, यसको जुन चक्र छ, त्यसलाई सुचारु गरिदिनुपर्छ।

यस्ता अधिकांश मान्छेहरु इँटा बोकेर खान्छन्। ढुंगा फोरेर खान्छन्। बाटो बनाएर, भारी बोकेर खान्छन्। यहाँ टिक्न नसकेपछि विदेश जान्छन्। विदेश जाने चार लाखमध्ये अधिकांश यिनै मान्छे हुन्। तिनको माइबाप छैन। 

अब प्राथमिकताको हिसाबले हेर्दा र मान्छेलाई प्राथमिक बनाउने हो भने हाम्रो बजेटले ती सीमान्त श्रमजीवीलाई सबैभन्दा बढी ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ। यसलाई हेर्ने भनेको के हो? त्यसलाई रोजगारी दिने हो। यो भनेको, हाम्रो ६५ प्रतिशत मान्छेको कृषिमा श्रम छ। उनीहरुले २७ प्रतिशत मात्रै जिडिपीमा योगदान गर्छ भन्छौं। ती मान्छेहरुलाई परम्परागत कृषि श्रमबाट बाहिर निकाल्दिने हो। र, उद्यममा लिएर आउने हो। 

जहाँसम्म त्यो परम्परागत कृषि श्रमलाई उद्यममा ल्याइँदैन, त्यो पुँजी दलाल हुन्छ। राष्ट्रिय हुने भनेर हामीले खुब भनिरहेका छौं त्यो भनेको के हो? त्यो भनेको, यसको जुन चक्र छ, त्यसलाई सुचारु गरिदिनुपर्छ। त्यो भनेको परम्परागत कृषि श्रमलाई उद्यममा ल्याउने जुन चक्र छ, त्यसलाई सुचारु राखिदिनुपर्छ।

हाम्रो समाजवादी बजेटले गर्ने काम यही हो भन्ने मलाई लाग्छ। हामी यहाँ केन्द्रित भयौं र चार लाख मान्छेलाई रोजगारी दिन थाल्यौं भने त्यसले राष्ट्रिय पुँजी निर्माण गर्न थाल्छ। त्यसले श्रमजीवी वर्गको हैसियत राम्रो बनाइदिन्छ। मध्यमवर्ग राष्ट्रिय पुँजीपति वर्गमा परिणत भइसकेका हुनेछन्। र, राष्ट्रिय पुँजीपति अझ ठूला हुनेछन्। हामी त्यहाँसम्म पुग्दा दलाल पुँजीपतिलाई रुपान्तरण गरिसकेका हुनेछौं। 

राम्रो राष्ट्रिय पुँजीपति वर्ग निर्माण भए पो राम्रो राष्ट्र निर्माण गर्न सक्छौं। हामी यो प्रक्रियाबाट हो भन्ने कुरा मिडियालाई, दुनियाँलाई, नागरिक समाजलाई, राजनीतिक वृत्तलाई हामीले बताउनुपर्छ होला भन्ने लाग्छ। हामी यो प्रक्रियाबाट जान हामी तयार छौं भन्ने कुरामा मान्छेलाई अपिल गरेर, सबैभन्दा तल परेर वर्गलाई केन्द्रित गरेर हामी अगाडि जान्छौं भन्नुपर्छ होला।

('विनियोजन विधेयक २०७६' माथिको छलफलका क्रममा नेकपा सांसद भुसालले सोमबार संसद्‌मा व्यक्त गरेको धारणा) 

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
सम्बन्धित सामग्री
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? मैले यो कुरा दुई फरक सन्दर्भमा देखेको छु  पाकिस्तानमा इमरान खानको उदय र पतनमा, र नेपालमा बालेन शाहको उदयमा। उनीहरूको परिस्थिति फरक थ... मंगलबार, जेठ १९, २०८३
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
ताजा समाचारसबै
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप सोमबार, असार १५, २०८३
क्याम्पसहरुबाट विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन सोमबार, असार १५, २०८३
सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा सोमबार, असार १५, २०८३
सार्वजनिक लेखा परीक्षणलाई प्रविधिमैत्री र नतिजा केन्द्रित बनाउनुपर्नेमा सभामुखको जोड सोमबार, असार १५, २०८३
नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक बस्दै सोमबार, असार १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा विश्वकपको अन्तिम १६ मा सोमबार, असार १५, २०८३
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्