• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

उत्तरदानमा हामीले दलाल अर्थतन्त्र पायौं

64x64
नेपाल लाइभ सोमबार, वैशाख ३०, २०७६  १५:०५
1140x725

हामीले लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। यसको आधार भनेको आर्थिक जीवन हो। त्यो कति राम्रो बनाउन सक्छौं भन्ने कुरा हामीले हाम्रो बजेटमार्फत पेस गर्छौं। 

हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं। यस्ता लोकतन्त्रहरुको लामो इतिहास छ। यसको अस्थिरताको पनि लामो इतिहास छ। त्यसको जगमा आर्थिक कारणहरु छन्। गएको ७० वर्षको विकासको इतिहास हेर्दा, मूलतः पश्चिमले पूर्वलाई र उत्तरले दक्षिणलाई बजार बनाउनका लागि विकासको कुरा सुरु भएको थियो। र, त्यसले आफ्नो बजार विस्तार गर्न चाहन्थ्यो। तर, नवस्वाधीन मुलुकहरुसँग बजारलाई थेग्ने उत्पादन थिएन। जसले गर्दा सस्तो श्रम, कच्चा पदार्थ र प्राकृतिक स्रोत तथा साधनहरुले गर्दा त्यो थेग्नुपर्थ्यो। बजारलाई केही पूर्वाधारहरु पनि चाहिन्थ्यो र त्यो आफैंले बनाउनुपर्थ्यो। पूर्वाधार थेग्नका लागि उनीहरुले ऋण लिनुपर्थ्यो। त्यसपछि उनीहरु चपेटामा पर्दै गए। त्यो सत्ता थाम्नका लागि अब राजनीति र अर्थतन्त्र एकै ठाउँमा मिल्दै गए। यसरी दलाल अर्थतन्त्रहरु सिर्जना हुँदै गए।

ती दलाल अर्थतन्त्रहरुले समस्या समाधान नगरेपछि तिनको विरुद्धमा जनता उठे। जनता जति उठ्दै गए, दलाल अर्थतन्त्रको रक्षाका लागि सत्ताहरु फासिस्ट हुँदै गए। हाम्रा पछिल्ला मुलुकहरुको इतिहास यस्तै हो।

आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं र हामीलाई जनताले लोकप्रिय मतद्वारा हामीलाई जिताएर पठाएका छन्। यसर्थ, हामीलाई असफल हुने छुट छैन भन्ने कुरा नारा मात्रै होइन। यो लोकप्रिय जनमत असफल हुँदा यसलाई थाम्ने, बेहोर्ने र खालि ठाउँ पूर्ति गर्ने अर्को शक्ति छैन। हामी अनिवार्य रुपले अर्को लोकप्रिय वा अर्को कुनै नामको दक्षिणपन्थी जान्छौं। यो खतरा हाम्रो टाउकोमा पनि मडारिइरहेको छ, जसरी गएको ७० वर्षमा तेस्रो विश्वका मुलुकहरुमा मडारियो।

हामीले यो सन्दर्भ राखेरै बजेट निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ।

बजेट निर्माण गर्दा संविधानलाई नै सिद्धान्त बनाउने हो। तर, स्वयं त्यो सिद्धान्त वा संविधानको आधार के हो? त्यसले किन समाजवादको कुरा गर्‍यो? यसतर्फ हाम्रो कम छलफल भएको छ। तर एउटा खुसीको कुरा के हो भने, अहिलेको अर्थतन्त्रको मूल स्वरुप दलाल अर्थतन्त्र हो भन्ने बारेमा बौद्धिकहरु र राजनीतिक पार्टीमा करिबकरिब सहमति भएको देखिन्छ।

हाम्रो व्यापारघाटा किन छ? पैसै नभएर त होइन रहेछ नि। हामी एक खर्ब बेच्छौं तर १२ खर्ब किन्न सक्छौं। यसको अर्थ हामीसँग पैसा नभएर होइन। त्यो पैसाले हाम्रो गर्नुपर्ने काम नै गरिरहेको छैन। त्यसले राष्ट्रिय काम गरिरहेको छैन। त्यसले राष्ट्रिय पुँजीको निर्माण गरिहेको छैन। 

पाँच लाख हाम्रा सन्तानहरुलाई वयस्क बनाउँछौं। चार लाखलाई बाहिर पठाउँछौं। एक लाख प्लेनको टिकट नपाएर वा केही भएर यहाँ बस्छन्।

Ncell 2
Ncell 2
nimb
nimb

एउटै घटनालाई लिएर, अलि ठूलो तथ्यांकलाई लिएर बस्नुभयो भने यो अर्थतन्त्रको, जुन हिजो हामीले राजाबाट लियौं, प्रजातान्त्रिक इतिहासबाट लियौं, यो उत्तरदान हामीले लिएका छौं। दलाल अर्थतन्त्र उत्तरदानमा हामीले पाएका छौं। 

प्राथमिकताको हिसाबले हेर्दा र मान्छेलाई प्राथमिक बनाउने हो भने हाम्रो बजेटले ती सीमान्त श्रमजीवीलाई सबैभन्दा बढी ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ। यसलाई हेर्ने भनेको के हो? त्यसलाई रोजगारी दिने हो।

यसर्थ, हाम्रो बजेटको सिद्धान्त यसका आधारमा बनिनुपर्छ। यसको अर्थ के हो भने हामी समाजवादमा जाने भनेको यो दलाल अर्थतन्त्रलाई रुपान्तरण गर्ने हो। मूलतः दलाल अर्थतन्त्रको ठाउँमा हामले राष्ट्रिय पुँजी विकास गर्दै समाजवादतर्फ जाने नै हाम्रो अर्थतन्त्रको बाटो हो भन्ने कुरा यसमा (विनियोजन विधेयक २०७६) यत्रतत्र लेखिएका छन्, तसर्थ मैले यसलाई समर्थन गरेको हुँ।

खासगरी दलाल अर्थतन्त्रको बारेमा हामी राम्ररी सचेत हुन सकेनौं भने हाम्रा जस्ता सत्ताहरु, जुन फासिस्ट सत्तामा परिणत भए, त्यस्तो खतराबाट हामी बच्नुपर्छ। नत्र त्यही बाटो हिँडेर हामीले पुग्ने ठाउँ त्यही नै हुन्छ। तसर्थ, बजेटको सिद्धान्तको कुरा गर्दा हामीले त्यसमा ध्यान दिनुपर्छ भन्ने लाग्छ।

जसरी बजेटको सिद्धान्तको कुरा गर्दा यसको सामाजिक स्वरुप र अर्थराजनीतिक स्वरुपलाई ध्यान दिन्छौं, त्यसैगरी बजेटको प्राथमिकताको कुरा गर्दा यहाँ धेरै कुरा आयो। यहाँ करको कुरा आयो, पूर्वाधारको कुरा आयो, सामाजिक विकासको कुरा आयो। अझै मान्छेकै कुरा आउनुपर्छ भन्ने लाग्छ। यसको अर्थ के हो भने, मार्क्सवादी आँखाबाट हेर्दा,  हाम्रो दलाल अर्थतन्त्रले हाम्रो समाजमा कस्ता वर्गहरु बनाएको छ भनेर हेर्नुपर्छ।

यसरी हेर्दा म पाँचवटा वर्ग देख्छु। पहिलो, दलाल पुँजीपति वर्ग नै हो। यो वर्ग बिजनेस वा उद्योगमा देखिन सक्छ। तर मूलतः खानी, खोला, भन्सार, न्याय कानुन, अदालत, राजनीतिक पार्टीहरु कब्जा गर्छ र सार्वजनिक सम्पत्ति र राष्ट्रको दोहन गर्छ। यो निरन्तर माथि हुन्छ। सबभन्दा शक्तिशाली हुन्छ। सबैतिर सर्वव्यापी जस्तो देखिन्छ।

दोस्रो, राष्ट्रिय पुँजीपति हो। पुँजीपति यस अर्थमा हो कि यो नाफामा बाँच्छ। राष्ट्रिय यस अर्थमा हो कि यसले रोजगारी दिन्छ। यो अलि दुःखी हुन्छ। करको हाकिमलाई बुझाउनुपर्छ। पार्टीलाई चन्दा दिनुपर्ने छ। के के गर्नुपर्ने छ। जेनतेन बाँचेको वर्ग हो। यसअर्थमा यो प्रगतिशील हो कि यसले कर तिर्छ र रोजगारी दिन्छ।

अर्को, मध्यम वर्ग हो। यो आफैं पनि काम गर्छ, अरुलाई पनि काम गराउँछ। दुवै खालको नाफामा यो बाँचिरहेको हुन्छ। 

त्यस बाहेकको श्रमिक हो। त्यो श्रमिक, जो संगठित क्षेत्रमा छ। काम गर्ने वा बाँच्नेसम्मको आधार छ। जेनतेन बाँचिरहेको छ। आफ्नो अस्तित्वको लागि समस्या छैन। तर राम्ररी बाँच्न पाएको छैन। त्यसले गर्दा ऊ संघर्षरत छ। 

त्यस बाहेकको वर्ग भनेको सीमान्त श्रमजीवी हो। त्यो सीमान्त ठाउँमा छ। संगठित ठाउँमा छैन। जागिर पाउँदैन। सम्पत्तिका नाममा दुईचार कान्ला खेत छ। त्यसमा टाँसिएर बसेको छ। त्यो छोड्न सक्दैन।

जहाँसम्म परम्परागत कृषि श्रमलाई उद्यममा ल्याइँदैन, त्यो पुँजी दलाल हुन्छ। राष्ट्रिय हुने भनेर हामीले खुब भनिरहेका छौं त्यो भनेको के हो? त्यो भनेको, यसको जुन चक्र छ, त्यसलाई सुचारु गरिदिनुपर्छ।

यस्ता अधिकांश मान्छेहरु इँटा बोकेर खान्छन्। ढुंगा फोरेर खान्छन्। बाटो बनाएर, भारी बोकेर खान्छन्। यहाँ टिक्न नसकेपछि विदेश जान्छन्। विदेश जाने चार लाखमध्ये अधिकांश यिनै मान्छे हुन्। तिनको माइबाप छैन। 

अब प्राथमिकताको हिसाबले हेर्दा र मान्छेलाई प्राथमिक बनाउने हो भने हाम्रो बजेटले ती सीमान्त श्रमजीवीलाई सबैभन्दा बढी ख्याल गर्नुपर्छ भन्ने मलाई लाग्छ। यसलाई हेर्ने भनेको के हो? त्यसलाई रोजगारी दिने हो। यो भनेको, हाम्रो ६५ प्रतिशत मान्छेको कृषिमा श्रम छ। उनीहरुले २७ प्रतिशत मात्रै जिडिपीमा योगदान गर्छ भन्छौं। ती मान्छेहरुलाई परम्परागत कृषि श्रमबाट बाहिर निकाल्दिने हो। र, उद्यममा लिएर आउने हो। 

जहाँसम्म त्यो परम्परागत कृषि श्रमलाई उद्यममा ल्याइँदैन, त्यो पुँजी दलाल हुन्छ। राष्ट्रिय हुने भनेर हामीले खुब भनिरहेका छौं त्यो भनेको के हो? त्यो भनेको, यसको जुन चक्र छ, त्यसलाई सुचारु गरिदिनुपर्छ। त्यो भनेको परम्परागत कृषि श्रमलाई उद्यममा ल्याउने जुन चक्र छ, त्यसलाई सुचारु राखिदिनुपर्छ।

हाम्रो समाजवादी बजेटले गर्ने काम यही हो भन्ने मलाई लाग्छ। हामी यहाँ केन्द्रित भयौं र चार लाख मान्छेलाई रोजगारी दिन थाल्यौं भने त्यसले राष्ट्रिय पुँजी निर्माण गर्न थाल्छ। त्यसले श्रमजीवी वर्गको हैसियत राम्रो बनाइदिन्छ। मध्यमवर्ग राष्ट्रिय पुँजीपति वर्गमा परिणत भइसकेका हुनेछन्। र, राष्ट्रिय पुँजीपति अझ ठूला हुनेछन्। हामी त्यहाँसम्म पुग्दा दलाल पुँजीपतिलाई रुपान्तरण गरिसकेका हुनेछौं। 

राम्रो राष्ट्रिय पुँजीपति वर्ग निर्माण भए पो राम्रो राष्ट्र निर्माण गर्न सक्छौं। हामी यो प्रक्रियाबाट हो भन्ने कुरा मिडियालाई, दुनियाँलाई, नागरिक समाजलाई, राजनीतिक वृत्तलाई हामीले बताउनुपर्छ होला भन्ने लाग्छ। हामी यो प्रक्रियाबाट जान हामी तयार छौं भन्ने कुरामा मान्छेलाई अपिल गरेर, सबैभन्दा तल परेर वर्गलाई केन्द्रित गरेर हामी अगाडि जान्छौं भन्नुपर्छ होला।

('विनियोजन विधेयक २०७६' माथिको छलफलका क्रममा नेकपा सांसद भुसालले सोमबार संसद्‌मा व्यक्त गरेको धारणा) 

प्रकाशित मिति: सोमबार, वैशाख ३०, २०७६  १५:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ?
भोटेकोशी बाढीको नवौं दिन: आज सेनासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा के–के गर्‍यो?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? नेपाली सेनाले मात्र विभिन्न क्षेत्रमा स्थल तथा हवाई माध्यमबाट उेको छ। त्रिशूली क्षेत्रमा अस्पतालको पहुँचसमेत प्रभावित भएपछि सैनिक ब्... आइतबार, भदौ १४, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? आगामी रजिष्ट्रारको सबैभन्दा ठूलो चुनौतीमध्ये एउटा प्रतिष्ठानलाई दीर्घकालीन रुपमा आर्थिक तथा संस्थागत रुपमा बलियो बनाउनु हुनेछ । यसका... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
बाढीपछि जारी खोजी, उद्धार तथा राहत कार्यलाई अझ प्रभावकारी बनाउन सरकारलाई रास्वपाको आग्रह बिहीबार, भदौ १८, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढीको नवौं दिन: आज सेनासहितको उद्धार टोलीले प्रभावित क्षेत्रमा के–के गर्‍यो? बिहीबार, भदौ १८, २०८३
बालिकाको पेटमा डेढ किलो ट्युमर, केएमसीको सफल शल्यक्रियाले बचायो जीवन बिहीबार, भदौ १८, २०८३
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्