काठमाडौं- पास नलिई सञ्चालनमा आएका एक सय सवारीसाधन प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ।
निर्वाचनका दिन सवारीसाधन सञ्चालन गर्न पास लिनुपर्छ। यसरी पास नलिई जबरजस्ती गुडाइएका सवारी नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द्र जोशीले बताए।
निर्वाचन आयोगले उपत्यकामा करिब ४ हजार सवारीसाधनलाई सवारी पास वितरण गरेको छ। विभिन्न निकायको सिफारिसमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट निर्वाचन आयोगमा खटिएका अधिकृत महेशप्रसाद दाहालले बताए।
आज दोस्रो चरण अन्तर्गत ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।