लहान- सिरहाको लहान नगरपालिका–९ गोठटोलमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ।
लहान नगरपालिका–९ गोठ टोलस्थित विन्देश्वर साहको घर नजिकै सकेट बम फेला परेको थियो। घटनास्थल पुगेको नेपाली सेनाको टोलीले बम निष्क्रिय पारेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।
संघीय समाजवादी फोरम नेपालका सक्रिय कार्यकर्तासमेत रहेका साहले घर नजिकै बम देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।