• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

८७ किमी लामाे साइकल यात्रा : जसले मन र देश पनि जाेड्याे [फाेटाे फिचर]

64x64
नेपाल लाइभ शनिबार, वैशाख २८, २०७६  १५:०६
1140x725

दाङ- एक खुट्टाले मेची-महाकाली साइकल यात्रा गरिसकेका पारासाइकलिस्ट हुन् यमराज रसाइली।

४ वर्षको छँदा आफ्नो एउटा खुट्टा गुमाएका रसाइलीलाई अहिले आफू शारिरीक रुपमा अशक्त भएजस्तो लाग्दैन। १९ वर्षको उमेरबाट साइकल चढ्न थालेका रसाइलीलाई अहिले साइकल नै सबैभन्दा नजिकको साथी बनेको छ। ‘बैसाखी टेकेर हिड्ने मान्छे थिएँ, साइकल पाएँ। केही गर्नसक्छु भन्ने आँटले यहाँसम्म आएको छु’, जाेश मिश्रित आवाजमा उनले भने, 'खुट्टा हुनु र नहुनु बीचको फरक भुलिसकेको छु।’

शारिरीक रुपमा अशक्त भएकै कारण खुम्चिएर घरमै बस्नु पर्दैन, केही गर्न सकिन्छ भन्ने उदाहरण आफूले दिन खोजेको उनी बताउँछन्। विभिन्न जिल्लाको सफल साइकल यात्रापछि आफूजस्तै अन्यलाई पनि साइकिलिङ अभ्यास गराउने अभियानमा जुटेको उनले सुनाए।

‘चाँडै देशभरबाट २५/३० जनालाई लगभग एक महिना एक ठाँउमा राखेर आफूजस्तै अन्य व्यक्तिहरुलाई जागरुक बनाउने योजना बनाएको छु', आफैलाई आनन्द दिने खालकाे काम हाे जस्ताे लागेता पनि सकारात्मक प्रभाव पर्नेमा भने उनी विश्वस्त छन्। भने, 'काम त थालेकाे छु, पक्का केही त प्रभाव पर्छ। एक जनामा मात्र सकारात्मक साेच पलाए पनि त्याे मेरा लागि सफलताकाे खुड्किलाे हाे, अगाडि बढ्ने हाैसला हाे। बरु आउनुस् हामी सँगै यात्रा गराैं।’

शनिबार दाङका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसारका साथै 'स्वास्थ्यका लागि साइकल' भन्ने नारासहित आयाेजना गरिएकाे 'टुर डे दाङ भ्याली'मा रसाइली पनि सहभागी थिए। उनले यस्ता कार्यक्रमले स्वस्थ र मानसिक रुपमा बलियाे बन्न सघाउ पुग्ने बताए। वातावरणीय प्रभावका विषय तथा आफ्नाे स्थान चिनाउन पनि यस्ता कार्यक्रममा सबै पक्षले जाेड दिनुपर्ने रसाइलीलाई लाग्दाेरहेछ।

८७ किलोमिटर लामो यात्रामा रसाइलीसँगै विश्व साइकल यात्री पुष्कर शाह, मेची-महाकाली साइकल यात्री रेशम केसी, साइकलबाटै ७७ जिल्ला भ्रमण गरिसकेका एभरेष्ट बाबुसहित देशभरका करिब ५० जना सहभागी थिए। नेपालकाे झन्डा र झन्डा अंकित टिसर्टमा सहभागीकाे उत्साह र हाैसला देख्दा लाग्थ्याे, साइकल यात्राले दाङ मात्रै हाेइन सबैकाे मन र देश पनि जाेडेकाे थियाे।

Ncell 2
Ncell 2
nimb
nimb

साइकलको प्रयोगले वातावरणीय प्रभाव कम हुने, मानव जीवन स्वस्थ हुने हुँदा यसको प्रयोलाई बढावा दिन यस किसिमको कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। साथै यो कार्यक्रमले प्रदेश ५ सरकारले सुरु गरेको 'लुम्बिनी भ्रमण वर्ष'लाई थप टेवा पुग्ने यात्रामा सहभागी साइकलिस्ट सतिस निरौलाकाे विश्वास छ।

दाङको पर्यटकीय र सांस्कृतिक सम्पदाकाे महत्व बुझाउनु साथै प्रचार-प्रसारमा टेवा पुगाेस् भन्ने उद्देश्यले 'टुर डे दाङ भ्याली'को आयोजना गरिएको जिल्ला साइकलिङ संघ दाङका अध्यक्ष रेशम केसीले बताए।

यात्रा कै क्रममा विश्व साइकल यात्री पुष्कर शाहले साइकल स्वस्थ रहनका साथै वातावरण प्रदुषणका दृष्टिले पनि निकै लाभदायक भएको बताए। तर, पछिल्लो समय 'स्मार्ट सिटी' बनाउने नाममा झारा टार्ने गरी सडक बनाइएकोमा उनले दुखेसो पोखे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘स्मार्ट सिटी भन्दैमा ठूला-ठूला घर अनि चौडा सडक मात्र हो र?, खोई पैदल मार्ग अनि सुरक्षित साइकल मार्ग?’, शाहकाे आक्राेश मिश्रित स्वर सुनियाे। उनले हरेक पालिका र सहरमा अब यसतर्फ ध्यान दिन सम्बन्धित पक्षलाई आग्रह पनि गरे।

'टुर डे दाङ भ्याली' (साइकल यात्रा)का सहभागीहरुले दाङको घोराहीबाट सिद्धरत्न नाथ चौधेरा, विश्वको अग्लो त्रिशुल रहेको धारापानी लगायतका पर्यटकीय एवं धार्मिक स्थलको परिक्रमा गर्दै करिब ८७ किलोमिटर यात्रा तय गरेका थिए।

प्रकाशित मिति: शनिबार, वैशाख २८, २०७६  १५:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे
सम्बन्धित सामग्री
वर्षमा एक दिन खुल्ने तलेजु मन्दिरको रोचक तथ्य मन्दिरको भव्यताले एकछिन रोकिएर हेर्न बाध्य बनाउँथ्यो । तर हाम्रो ध्यान मन्दिरको बनावटमा मात्र अडिएन । मन्दिरको ढोका बन्द थियो, बन्द... मंगलबार, कात्तिक ३, २०८३
प्राकृतिक नाकाबन्दीमा परेको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुल्ने लगातारको हिमपातले अवरुद्ध बनेको कर्णाली करिडोरअन्तर्गत हुम्लाको सिमकोट–हिल्सा सडक दुई दिनभित्र खुलाउन काम जारी राखिएको छ । नाम्खा गा... सोमबार, कात्तिक २, २०८३
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
ट्रम्पको प्रशासन विदेशीप्रति कठोर, ३ लाखभन्दा बढी अमेरिकी भिसा रद्द बुधबार, कात्तिक ४, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले बुधबार, कात्तिक ४, २०८३
एयर पेस्तोल देखाए, मार्ने धम्की पनि दिएपछि पक्राउ परे बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्