• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख १६, २०८३ Wed, Apr 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

नारायणगोपाल धर्मपुत्र पाल्नुभन्दा संगीत स्कुल खोल्न चाहन्थे

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १९, २०७४  १२:०९
1140x725

नारायणगोपाल र रेडियो नेपाल

रेडियो नेपालप्रति उहाँको सधैं गुनासो रह्यो। देशको एउटा मात्र प्रसारण माध्यम, त्यो पनि सरकारी स्वामित्व भएको, रेडियो नेपालले रेकर्डिङको राम्रो व्यवस्था गर्नुपर्छ भन्ने उहाँको भनाइ थियो। तर, त्यहाँ रेकर्डिङ गर्नुपर्दा एकमुष्ठ बाजा बजाउनेहरु समेत उपलब्ध हुँदैनथे। भएका वाद्यवादकहरुमा पनि अनुशासन भन्ने वस्तु रत्तिभर थिए। आफैंले दौडधुप गरेर बल्लबल्ल जुटाएका वाद्यवादकहरु पनि रेकर्डिङ सुरु हुँदा चिया खान गइसकेका हुन्थे।

उहाँलाई सुरुसुरुमा त डेट पाउन पनि गाह्रो थियो। उहाँले रेडियोमा गाउन छाड्नुभएको मूल कारण पनि यही वाद्यवादकहरुको अभाव, अनुशासनहीनता र ‘डेट’ को समस्या थियो। उहाँलाई जुन दिन रेकर्डिङको डेट दिइन्थ्यो, त्यस दिन निश्चित समयमा गाउन जाँदा अर्कैले गाइरहेको हुन्थ्यो। पहिलो कुरा त उहाँ मलाई डेट चाहियो भन्दै नजाने, बल्लबल्ल पाएको पालोमा पनि अर्कैले गाइदिने, यिनै कारणले दिक्दार भएर उहाँले पनि रेडियोमा गाउनै पनि छाडिदिनुभयो।

डा. लोहनी सञ्चारमन्त्री हुँदा रेडियो नेपालको विज्ञापन सेवालाई बिस्तार गरियो र त्यससँग सम्बद्ध कलाकारहरुलाई प्रोत्साहित गर्ने भनियो। यस सम्बन्धमा उहाँको विचार थियो- विज्ञापन सेवाको बिस्तार गर्दा गीतहरु बजाउनैपर्छ। त्यसैले जुन-जुन कलाकारका गीतहरु बजाएर विज्ञापन सेवा चलाइन्छ र आर्जन गरिन्छ, ती कलाकारहरुलाई एक पटक बजेको गीतको पाँच पैसा मात्र किन नहोस्, रोयल्टी स्वरुप दिइनुपर्छ।

यस विषयमा उहाँले मन्त्री र सञ्चारका अन्य पदाधिकारीहरुलाई भेटेर कुराकानी समेत गर्नुभयो, तर खै अहिलेसम्म पनि केही हुन सकेको छैन। कारण यही हो- पछि उहाँले रेडियोलाई ‘गीति-यात्रा’ का गीतहरु बजाउन दिनुभएन। उहाँ कलाकारहरुको हितमा एउटा सिस्टम बनाउन चाहनुहुन्थ्यो। आफ्नो सम्पूर्ण जीवन नै यसैमा समर्पण गरेका कलाकारहरुलाई सम्बन्धित क्षेत्रले बेवास्ता गर्छ भने उनीहरुको परिवार कसरी चल्छ त भन्नुहुन्थ्यो। सम्भ्रान्त हुन नसकोस् तर कुनै पनि कलाकारले कसैका सामुन्ने हात पसारेर खानु नपरोस् भन्नुहुन्थ्यो। तर, कसैले ठगेर, ढाँटेर र बेइमानी गरेर खाएको उहाँलाई उचित लाग्दैनथ्यो।

सांस्कृतिक संस्थानमा (महाप्रबन्धक भएर) जानासाथ उहाँले पहिलो काम यस्तै गर्नुभयो। त्यबेला त्यहाँ दुईतिर जागिर खाने र नाचघरमा चाहिँ हाजिर गरेर रेडियो र अन्यत्र काम गर्न जाने कलाकार र कर्मचारीहरु निकै थिए। यस्ता केही कर्मचारी र केही कलाकारहरुलाई निकाल्नुभयो। तर, त्यही संस्थानकै आधारमा जीवन धान्दै आएका कलाकारलाई निकालिएन। यस कुरालाई लिएर पत्रपत्रिकाहरुले विरोध र गाली पनि छापे तर उहाँले टेर्नुभएन। उहाँको पालामा जति राम्रो कार्यक्रम त्यहाँ फेरि हुन सकेन।

उहाँको पालामा सांस्कृतिक संस्थानले आफ्नै आर्जनबाट प्रशासन चलाएको थियो, कलाकार पालेको थियो। कार्यक्रमको सार्वजनिक प्रदर्शनी गरिएपछि बाहिरका या कलाकारका नातेदारले सित्तै हेर्न पाउँदैनथे। टिकट काटेर नै हेर्नुपर्थ्यो। कलाकारका नातेदार या कसैलाई कार्यक्रम देखाउनु छ भने ‘ग्रान्ड रिहर्सल’मा देखाउनुपर्थ्यो। म पनि त्यही बेला हेर्थेँ। यदि त्यसबेला काम विशेषले हेर्न भ्याइएन भने टिकर काटेरै हेर्थेँ।

यति हुँदाहुँदै पनि कसैले जबर्जस्ती बिना टिकटमा आफ्ना मानिसलाई घुसाएर कार्यक्रम देखायो भने त्यसको हर्जाना उसको तलबबाट असुल गरिन्थ्यो। यही कारणबाट उहाँ अलोकप्रिय पनि हुनुभयो। अनुशासन र नीति विरुद्ध खेली-खाई आएका कर्मचारीहरु यसलाई अन्यायपूर्ण ठान्थे। त्यसैले उहाँलाई बढ्ता भएको, घमण्डी भन्ने आरोपहरु पनि लगाइए। तर, उहाँ आफ्नो निर्णयमा डगमगाउनुभएन ।

nimb
nimb
Ncell 2
Ncell 2

संगीत कोषको चाहना

कहिलेकाहीँ मानिसहरुले दिएका नराम्रा दबाबहरुबाट पनि सार्थक कुराको जन्म हुँदो रहेछ।

हाम्रो सन्तान नभएकोमा नातागोताहरुबाट चियोचर्चा भइरहन्थ्यो। तिमीहरुको सन्तान छैन, शेषपछि घरबार-सम्पत्तिको हेरचाह कसले गर्छ? कसले सम्हाल्छ? भन्ने कुरा उठाइरहन्थे। दुखिरहेको घाउलाई कोट्याइदियो भने झन् दुख्छ नि! फलाना-ढिस्कानालाई ‘धर्मपुत्र’ राख भन्ने सल्लाह पनि दिन्थे। यस्ता कुराले उहाँलाई घोचिरहन्थ्यो। अनि उहाँले एउटा संगीत स्कुल खोल्ने विचार गर्नुभयो।

कसैलाई धर्मपुत्र पाल्नुभन्दा एउटा संगीत स्कुल खोलेर आर्थिक रुपमा विपन्न, असहायहरुलाई संगीत सिकाउने उहाँको ठूलो मनोकांक्षा थियो।

पछि उहाँलाई अस्पतालको आइसियूमा राखिएको बेला उहाँले मलाई किटान गरेर भन्नुभएको थियो- ‘म नरहे पनि तिमीले एउटा संगीत सम्बन्धी विद्यालय खोल्नू र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनू। यस बाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्‍याल र मेरा अन्य साथीहरुलाई पनि त्यसमा समावेश गराउनू। तिमीले केही गर्नु पर्दैन, मेरा साथीहरुले तिम्रो इच्छा मुताबिक तिमीलाई सहयोग गर्नेछन्।’

उहाँको जीवनभरिको सिङ्गो अनुभवको उपलब्धि हो- यो नारायणगोपाल संगीत कोष, उहाँको अन्तिम इच्छाको प्रतिरुप हो- यो नारायणगोपाल संगीत कोष र उहाँका सम्पूर्ण साथीहरुको प्रयासको परिणति हो- यो नारायणगोपाल संगीत कोष।

(नारायणगोपालकी धर्मपत्नी पेमलाले ‘बागीना’ पत्रिका (०४९) मा लेखेको ‘नारायणगोपालसँगका मेरो बीस वर्ष’ आलेखबाट माथिका दुई प्रसंग साभार गरिएको हो। पेमलाको ०६१ साल असार १६ गते निधन भएको थियो।)

प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०७४  १२:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
प्रस्तुती टीले सिल्भर निडल विधामा जित्यो नेसनल टी च्याम्पियन उपाधि मंगलबार, वैशाख १५, २०८३
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी निर्मल ढकाललाई मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्