रसुवा- चीन र नेपालबीच साँघुरो सडक र पार्किङको समस्या समाधान गर्न रसुवागढी नाकाबाट पर्याप्त सवारी साधन आवतजावत गरिने सहमति भएको छ।
चीनको केरुङ र नेपालका सीमा सुरक्षा अधिकारीबीच धुञ्चेमा सम्पन्न छलफलबाट नेपाली मालवाहक सवारी साधन पर्याप्त केरुङ पठाउने सहमति भएअनुसार निर्णय कार्यान्वयन हुने लागेको हो। सोमबार साँझसम्म ७५ कन्टेर केरुङतर्फ प्रस्थान गरेको प्रजिअ चोमेन्द्र न्यौपानले जानकारी दिए।
छलफलमा सवारी साधनलाई केरुङ जान एकदिने अनुमतिपत्रको व्यवस्था गर्ने तथा गैरकानुनी देखिएका वस्तु आयातनिर्यातमा चिनियाँ सुरक्षा जाँचसमेत कडा गरी सूचना आदानप्रदान गर्ने चिनियाँ पक्षले प्रतिबद्धता जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।