काठमाडौं- उपत्यकाका विभिन्न ठाउँमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने ४१४ जना चालक कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले गरेको सोमबारको चेकिङमा ती चालक कारबाहीमा परेका हुन्। तीमध्ये मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने २२ जना रहेको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।