नेपालगञ्ज– मंसिर २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारीको टोली निर्वाचन सामग्रीसहित मतदान केन्द्रहरुमा खटिन थालेका छन्।
कर्मचारी र सुरक्षाकर्मीको टोली मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगायत ६४ किसिमका निर्वाचन सामग्रीसहित मतदान केन्द्रतर्फ जान थालेको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।
निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा जान निर्वाचन कार्यालय नेपालगञ्जमा कर्मचारीहरुको भिड लागेको छ।
सोमबार साँझसम्म सबै मतदान स्थलमा निर्वाचन सामग्रीसहित कर्मचारीको टोली पुग्ने र मंगलबार बिहानदेखि मतदान स्थल निर्माणको तयारी गर्ने कार्यतालिका रहेको निर्वाचन कार्यालयका प्रमुख वसन्तराज अधिकारीले बताए।
२ लाख ७६ हजार ६ सय १८ मतदाता रहेको बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय २७ मतदान स्थल छन्। निर्वाचन सम्पन्न गराउन करिब २ हजार ६ सय १६ कर्मचारीसहित ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
बाँकेमा प्रतिनिधिसभाको ३ र प्रदेशसभाको ६ गरी ९ पदका लागि निर्वाचन हुँदै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।