धनुषा- नगरप्रमुख पदमा उठेका उम्मेदवारको घरमा अज्ञात समूहले बम बिस्फोट गराएको छ। धनुषाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा बम बिस्फोट भएको हो।
तेस्रो चरणको स्थानीय निर्वाचनका लागि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगरप्रमुखका उम्मेदवार हुन्। बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए। सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ।
विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति भएको छैन। प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।