अफगानिस्तान- अफगानिस्तानको हेलमन्ड प्रान्तमा सरकारी सुरक्षाकर्मी र तालिवान लडाकुबीच भएको दोहोरो भिडन्तमा परी तालिवान विद्रोहीका मुख्य कमाण्डर मुल्लाह नसिरसहित पाँच तालिवान लडाकुको मृत्यु भएको छ।
नसिर हेलमाण्डको मुख्य कमाण्डर रहेको र उनको मृत्युपछि तालिवान समूहमाथि ठूलो चोट परेको सेनाका उच्च कामाण्डर जनरल वाली मोहम्मद अहमादजाईले बताए।
घटनाबारे तालिवान समूहबाट कुनै प्रतिक्रिया आइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।